जापानमा रोबोट कम्पनीले बनायो विचारद्वारा नियन्त्रण हुने लुगा

टोकियो । जापानको ‘रोबोट’ निर्माण गर्ने संस्था साइबरडाइनले बुधबार मस्तिष्कको सोचाइले नियन्त्रण गर्नसक्ने लुगाको प्रदर्शन गरेको छ ।

साथै यसलाई औद्योगिक क्षेत्रमा प्रवर्धन गरिने जानकारी दिएको छ । साइबरडाइनका संस्थापक योसियुकी सानकाइले यस विषयमा टोकियोबाट दक्षिणमा पर्ने कावासाकीसँग मिलेर यस लुगाको वास्तविक जीवनमा उपयोगिता खोजिएको बताएका छन् ।

हाल यस्तो लुगा शारीरिक उपचारको क्षेत्रमा उपयोग भइरहेको छ । सानकाइले यस प्रविधिले वास्तवमा जनतालाई सहयोग गरोस् भन्ने आफूहरूले चाहेको बताए । उनी त्सुकुबा विश्वविद्यालयमा इन्जिनियरिङ विषयका प्राध्यापक हुन् ।

कसरी काम गर्छ ?

साइबरडाइन त्सुकुबामा अवस्थित छ र यसले ऊर्जाबाट चल्ने रोबोटिक लुगा, शरीरको अङ्ग तथा जोर्नी तयार गर्छ । यसले प्रौढ तथा अशक्त व्यक्तिलाई सहयोग गर्छ र औद्योगिक कामदारलाई गह्रौँ सामान उठाउन सहयोग गर्छ ।

यस लुगाले यसको उपयोग गर्ने व्यक्तिको मस्तिकबाट छाला भएर शरीरको अङ्गमा जाने मन्द विद्युतीय तरङ्गलाई पहिचान गर्छ र यसैका आधारमा अङ्ग सञ्चालन हुन्छ ।

अङ्गका साथै यो लुगा पनि मस्तिष्कको निर्देशन अनुसार सञ्चालन हुन्छ र यसले व्यक्तिमा भएको शक्तिभन्दा बढी शक्ति व्यक्तिलाई प्रदान गर्छ । सानकाइले आफूहरूले अरुले यस्तो लुगा लगाएको व्यक्तिलाई देखेर यस्तो लुगा लगाउन नै कठिन हुने सोचाइ नराखोस् भन्ने चाहेको बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

,

0 comments

Write Down Your Responses

Powered by Blogger.