एकीकृत नेकपा माओवादीले नयाँ निर्वाचित संविधानसभासँग सबन्ध नराख्ने स्पष्ट संकेत दिएपछि भावीसंविधानसभाको सान्दर्भिकता र वैधानिकतालाई लिएर अन्तर्राष्ट्रिय जगतमा चिन्ता देखिन थालेको छ। बिहीबारएकाबिहानै एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा पुगेका भारतीय राजदूत रञ्जीत रेले यो निर्णयमापार्टी कति गम्भीर छ र गम्भीर भएमा भावी संविधानसभा तथा संविधान लेखनमा यसले पार्ने असरबारे प्रचण्डसँगजिज्ञासा राखेको बुझिएको छ। ‘तपाईंहरुले सहभागिता नजनाएमा के सविधानसभाको औचित्य रहला?’राजदूतलाई उद्धृत गर्दै उनले आफ्ना केही निकटतम पार्टी नेताहरुलाई सूचित गरेका थिए।
बिहानको भेटमा प्रचण्डले अत्यन्त भावावेशमा १२ बुँदे सम्झौतादेखि शान्ति प्रक्रियाप्रति आफू समर्पित छँदाछँदै पनिआन्तरिक र बाह्य षड्यन्त्रको सिकार आफूलाई बनाएकोमा राजदूत रेसँग गुनासो पोखेका थिए। लगभग त्यस्तैकिसिमको चिन्तासँगै आवेगमा आएर कुनै निर्णय नगर्न तथा जनादेशलाई सम्मान गर्न पूर्व अमेरिकी राष्ट्रपतिजिम्मी कार्टरले प्रचण्डसँग आग्रह गरेका थिए।
राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा चुनावी सफलतालाई लिएर स्यावासी पाइरहेका राष्ट्रपति रामवरण यादव, चुनावीमन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहित तीनै जनासमेत प्रचण्डकोदाबीलाई कडा जवाफ दिनुपर्ने सहमतिमा पुगेपछि प्रमुख आयुक्त उप्रेतीले बिहानै सञ्चार माध्यममार्फत मतगणनानरोकिने र जनादेश मान्नु कुनै पनि प्रजातान्त्रिक शक्तिको कर्तव्य र दायित्व भएको बताएका थिए। त्यसलगत्तैकार्टरसँगको अलगअलग टेलिफोन वार्तामा तीनैजनाले माओवादीसँग कडा रुपमा प्रस्तुत हुन र बहिष्कारकोनिर्णयविरुद्ध चेतावनी दिन आग्रह गरेका थिए जुन कार्टरले केही हदसम पूरा गरे।
‘निर्वाचनमा प्रतिकूल परिस्थिति आउन सक्छ र यसलाई स्वीकार गर्नुपर्छ र म आफूले पनि कैंयन पटक त्यस्तोगरेको छु,’ प्रचण्ड र कार्टरबीच एक्लाएक्लै भेटघाटमा कार्टरले षड्यन्त्र र धाँधलीबारे यथेष्ठ प्रमाण भए अदालतजान सुझाव दिएका थिए। त्यसप्रति प्रचण्डले आफूहरुले सबै विकल्प खुला राखेको र आफ्नो आरोप पूष्टि गर्नआफूसँग यथेष्ठ प्रमाण भएको दाबी पनि गरेका थिए। प्रचण्ड र कार्टरबीच भोलि शुक्रबार फेरि भेट हुँदैछ।मतदानपछि मतगणना केन्द्रमा मतपेटिका लैजान पार्टीका प्रतिनिधिहरुलाई नराखिएको, काठमाडौंस्थितअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हलमा पार्टी प्रतिनिधिबिना नै घण्टौं राखिएको, काठमाडौं ४ मा र अन्य केही क्षेत्रमाप्रारम्भिक मुचुल्काभन्दा फरक संख्यामा मतपत्र फेला परेको जिकिर पनि उनले गरेका थिए। अध्यक्ष रेग्मीकोनेतृत्वमा चुनावी सरकारको गठन र नेकपा माओवादीको बहिष्कारका बाबजुद पनि मंसिर ४ मै निर्वाचन गर्नुपर्नेसंयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र भारतको दवाव थियो। त्यसैले प्रचण्डको निर्णयप्रति उनीहरुको चासोस्वभाविक स्पष्ट रुपमा आएको थियो। मतगणना बहिष्कारको घोषणापूर्व उनले मधेसी जनअधिकार फोरमनेपालका अध्यक्ष उपेन्द्र यादव लगायत अन्य केहि मधेसी नेताहरुसँग पनि टेलिफोन मार्फत आफ्नो निर्णयबारेअग्रिम जानकारी गराएका थिए। यादव लगायत केही मधेसी नेताहरुले माओवादीको सर्मथनमा संविधानसभाबाटआफूलाई बाहिर राख्ने कुरा बताएको सेतोपाटीलाई बताए।
यसैबीच कांग्रेस सभापति सुशील कोइरालाले प्रचण्डको निर्णयलाई दुर्भाग्यपूर्ण बताएका छन् भने एमाले नेतामाधवकुमार नेपालले एमाओवादीको सहभागिताबिना संविधान लेख्न नसकिने बताएका छन्।
0 comments
Write Down Your Responses