प्रेमीसँग मिलेर श्रीमानको हत्या !

 प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
प्रेमी दीपा सहनीसँग मिलेर श्रीमान नवल सहनीको हत्या गरेको आरोपमा प्रहरीले अमरपट्टी गाविस ६ की २९ वर्षकी प्रमिला देवीलाई पक्रेको हो । दीपा र प्रमिलाको योजना अनुसार गएको २७ गते बिहान आफ्नै कोठामा घाँटी थिचेर नवल सहनीको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।
प्रमिलाको स्थानीय ४० वर्षका दीपा सहनीसंग ४÷५ वर्ष देखी अनैतिक सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । प्रहरीले प्रमिला देवीलाई बिहीबार जिल्ला अदालतमा पेश गरी छानवीनका लागि म्याद लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको छ भने प्रेमी दीपा सहनी भने फरार रहेका छन् ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.