विचबाटोमै पेट्रोल चोरी गर्ने ४ चालक र ट्यांकर प्रहरी हिरासतमा
नेपालगन्ज, ३१ जेठ । भैरहवापछि नेपालगन्जमा पनि ट्यांकरका चालकले विच बाटोमै पेट्रोल चोरी गर्ने गरेको फेला परेको छ । प्रहरीले ४ वटा ट्यांकरसहित चालकलाई पेट्रोल चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेपछि सो खुलेको हो ।
नेपाल आयल निगमको क्षेत्रीय कार्यालयको डिपोमा नपुग्दै बिच बाटोमा इन्धन झिकेर निकाल्दै गरेको अवस्थामा प्रहरीले चालकलाई रंगेहात पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मनिकापुरबाट तीन र खासकारकादौंबाट एउटा ट्याङकर नियन्त्रणमा लिइएको हो ।
भारतको गोण्डाबाट आएका इन्धन बोकेका ट्याङकर राझास्थित आयल निगमको डिपोमा रोकिनुपर्नेमा नियन्त्रणमा लिएका चार मध्ये तीन वटा ट्याङकर आयल निगम नजिकै रोकेर तेल बेच्न लागेको अवस्थामा भेटिएका थिए ।
विशेष सुचनाको आधारमा अख्तियर दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली, कोहलपुरस्थित फिल्ड कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिचबाटोमा इन्धन झिक्दै गरेको अवस्थामा ट्याङकर नियन्त्रणमा लिएको हो ।
डिजेल बोकेका ना ४ ख ५२०४, ना ५ ख ६५८, ना ५ ख ७७०, ना ४ ख ५६०३ नम्बरका ट्याङकार नियन्त्रणमा लिइएको छ । यसैगरी ट्याङकर चालकहरु अमिन चौधरी, हिक्मत साउद, धनपद सुनार र निलार चन्द चौधरीलाई पनि नियन्त्रणमा राखिएको छ । ट्यांकर भारतबाट आउदा इन्धन भरेर सिलबन्दी भएर आउने गरेपनि बिचबाटोमा सिल तोडेर तेल बेच्ने गरिएको पाईएको छ ।
नेपाल आयल निगमको क्षेत्रीय कार्यालयको डिपोमा नपुग्दै बिच बाटोमा इन्धन झिकेर निकाल्दै गरेको नियन्त्रणमा लिइएको ट्याङकरको बिषयमा अण्ख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको नियन्त्रणमा रहेका ट्याङक चालहसंग आयोगको टोलीले बयान लिएर अनुसन्धान प्रक्रिया सुरु गरेको हो । उनिहरुसंग बयान लिने कार्य अहले जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुशील सिंह राठौरका अनुसार अख्यितारको निर्देशनपछि प्रहरीले थप कानुनी कारवाही अगाडी बढाउने छ । प्रहरीले तेल चोरीको अभियोगमा मुद्दा चलाउन सक्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालकहरुले खर्चपानी जुटाउनका लागि प्रायजसो बीच बाटोमा केही इन्धन झिक्ने गरेको बयान पक्राउ परेका चालकहरुले दिएपनि त्यसका पछाडी को को छन् ? र कति मात्रामा तेल चोरी गरिएको छ त्यसको अनुसन्धान भैरहेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
0 comments
Write Down Your Responses