प्रेममा धोका पाएपछि निशाको यस्तो पागलपन(भिडियो)
चलचित्र ‘मेरो भ्यालेन्टाइन’को एक गीत सार्वजनिक भएको छ । बाबु बोगटीको शब्द, स्वर तथा संगीतमा तयार भएको के भयो कहाँ गयो बोलको गीत सार्वजनिक भएको हो ।
सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको चलचित्रलाई सुशिल श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाल लगायतका कलाकारको अभिनय छ ।
चलचित्र साउन १६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रेम दिवस र यसले मानिसको जीवनमा ल्याउने उतारचढावको कथालाई सिनेमाले देखाउन खोजेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >
0 comments
Write Down Your Responses