काठमाडौं,असार९–ड्यास माओवादीका कार्यकर्ता पार्टी विभाजनको अन्तिम तयारीतिर लागेको भन्दै निराशा व्यक्त गर्न थालेका छन् । शक्ति प्रदर्शनका लागि जिल्लामा हस्ताक्षर अभियान सुरु भइसकेको छ । राष्ट्रिय सम्मेलनबाट ड्यास माओवादीका एउटा पंत्ती औपचारिक रुपमा नयाँ ढंगले अगाडि बढ्ने गरी प्रशिक्षित हुन थालेको चर्चा यतिबेला ह्वात्तै चुलिएको छ । तर यसरी नयाँ ढंगले अघि बढ्ने निष्कर्षसहित पार्टी गतिबिधीमा सक्रिय विप्लव पक्षका केही कार्यकर्ता भने केटी काण्डमा परेर प्रहरी खोरमा पुगेका छन् । विप्लवले चलाएको अभियानको हर्ताकर्ता नै मानिने जिल्ला सदस्य धर्म परियार र सिर्जन विक प्रहरी खोरमा पुगेका हुन् । काठमाडौं जिल्लाको सम्मेलनमा हंगामा मच्चाएर चाबेलतिर लागेका उनीहरुलाई त्यहीबात प्रहरीले नियन्त्रणमा लिएको आजको साघँु साप्ताहिकमा खबर छ । उनीहरुलाई अहिले गौशाला प्रहरी बृत्तमा राखिएको छ । चावहिल चोकमा राम्री युवती देखेर उनैलाई जिस्काउन थालेका उनहरु सोही काण्डमा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । पोलिटव्युरो सदस्य खड्गबहादुर विश्वकर्माको कोटाबाट काठमाडौं जिल्ला सदस्य भएका उनीहरुलाई जिल्ला समितिले असार ५ गते निलम्बन गरेको छ । विगतदेखि नै सांस्कृतिक काण्डमा मुछिदै आएका सिर्जन गत मंसिर ४ को संविधानसभा निर्वाचनको केही दिन पहिला पार्टीले सांस्कृतिक काण्डको कारबाही फुकुवा गरेको थियो ।
केटी जिस्काउँदा विप्लवका केटाको बिचल्ली
Powered by Blogger.
0 comments
Write Down Your Responses