पूर्वप्रेमीलाई झट्का

काठमाडौ, असार ३ - इन्डियन पि्रमियर लिग (आईपीएल) को पछिल्लो संस्करण त सकियो, तर दोस्रो भएको क्रिकेट टिम किङ्स इलेभेन पन्जाबकी एक मालिक प्रीति जिन्टाको चर्चा भने अझै सकिएको छैन । खेल अवधिभर स्टेडियममा चिअर अपका लागि आएर क्यामेराको फोकसमा परेकी बलिउड नायिका यति बेला फरक खाले झन्झटमा फसेकी छन् ।Priti zinta

प्रीतिले आईपीएल फाइनलमा पूर्वप्रेमी तथा किङ्स इलेभेनकै अर्का अंशियारले आफूलाई दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी हालेकी छन् । उनका पूर्वप्रेमी उद्योगपति नेश वाडियाविरुद्ध दिइएको निवेदनमा प्रीतिले खेलकै बेल आफूलाई जबरजस्ती हात समातेर दुव्र्यवहार गरिएको उल्लेख गरेकी छन् । बिहीबार दर्ता गरिएको मुद्दाबाट भने प्रीतिका बिजनेस पार्टनर समेत रहेका वाडिया 'सक्ड' भएका छन् । उनको छोटो प्रतिक्रिया थियो, 'आरोपबाट म एकदमै सक्ड भएको छु । तर मविरुद्ध लगाइएका ती आरोप बिल्कुलै गलत र निराधार छन् ।'

प्रहरीले भने केसलाई गम्भीरतापूर्वक लिएको जनाउँदै अध्ययन थालिसकेको बताएको छ । उसले सीसीटीभीका फुटेजमार्फत घटनाको सत्यतथ्य पत्ता लगाउने पनि बताएको छ । दुई साताअघिको यो घटना यतिबेला मुम्बईमा महिलावादीको हातमा पनि पुगिसकेको छ । महाराष्ट्र राज्यको महिला आयोगले यो केसलाई संवेदनशीलताका साथ लिन दबाब समेत दिएको थियो । उजुरीमा प्रीतिले कसैलाई मर्कामा पार्नभन्दा पनि आफ्नो सुरक्षाका लागि यस्तो कदम चाल्न बाध्य भएको खुलाएकी छन् । उनले मिडियालाई अनुरोध गरेकी छन्, 'कृपया यतिबेला मेरो समय एकदमै नाजुक चलिरहेको छ । यो मुद्दामा मेरो प्राइभेसीको पनि ख्याल गरिदिनुहोला ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.