मन्त्रीको डिस्कोमा आतंक
२७ जेठ, काठमाडौं ।
यसपटकको संविधानसभामा राजीनितिमा त्याग गर्ने भन्दा पैसाको प्रभावमा डनदेखि नेताका गर्लफ्रेन्डसम्म सभासद् भए ।
संविधानसभामा मात्र होइन पैसाकै प्रभावमा एक डिस्को सञ्चालक सुशील कोइरालको क्याबिनेटमा मन्त्री समेत भएको खुलेको छ ।
श्रम तथायातायात व्यवस्था राज्यमन्त्री टेकबहादुर गुरुङ मेनपावर सञ्चालक मात्र नभई डिस्कोका मालिक समेत हुन् । उनको ठमेलमा ठन दीपक मनाङेसंगको पार्टनगरमा ओएमजी नामक डिस्को चलाउँदै आएका छन् ।
सुरुमा मनाङेले नै चलाउँदै आएको डिस्कोमा पछि मन्त्री गुरुङले पनि शेयर लिएका हुन् । सो डिस्कोमाथि मनाङको नियोन पब पनि छ । दृष्ट्रि साप्ताहिकमा खबर छ ।
मन्त्री भएपछि उनको डान्सबारमा प्रहरीले समेत हत्तपत्त छापा हान्न सक्दैन । राती १२ बजेसम्म मात्र रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने काठमाडौं जिल्ला सुरक्षा समितिको निर्णय भएपनि बिहान तीन बजेसम्म उनको डान्सबार सञ्चालन हुने गरेको छ । कहिलेकांही बन्द गराउन जाँद कर्मचारीहरुले मन्त्री धाम दिने गरेको सोह्रखुट्टे प्रहरी वृत्तका एक प्रहरीले बताए । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
0 comments
Write Down Your Responses