पति विदेशमा बुहारीलाई सासू र नन्दको कुटाइबाट सास्ती

२७ जेठ, मोरङ । मोरङको इटहरा ३ की ३२ वर्षीया अनिता दर्नाललाई आइतबार सासू इन्दिरा र नन्द गोमा दर्नालले कुटपिट गरेर गम्भीर घाइते बनाएका छन् ।

गम्भीर अवस्थाको अनितालाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालभा भर्ना गरिएको छ ।

कुटपिटबाट अनिताको शरीरका विभिन्न भागमा चोटलागेको छ । टाउनको, ढाड र संवेदनशील अंगमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।


पानी निल ट्युबवेल चलाउने क्रममा नन्दन गोमालाई छिटा परेको विषयले घटनाले कुटपिटको रुप लिएको प्रहरी चौकी इटहराका इन्चार्ज केशवराज नेपालले बताएका छन् । आजको अन्नपूर्ण पोस्ट मा खबर छ ।

नन्दले भाउजूलाई गालीगलौज गर्न थालेपछि सासू आएर कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलगन दुवैजनालार्य प्रहरीले पक्रउ गरेको छ । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको नेपालले बताए ।

घाइते अनिताका आठ वर्षका छोरी र चार वर्षकी छोरी छन् । उनका पति अमर वैदेशिक रोजगारका लागि मलेसियामा रहेका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

0 comments

Write Down Your Responses

Powered by Blogger.