इशालाई पुग्यो सेक्स कमेडी
बलिउडमा इशा गुप्ता सेक्सी नायिकाको रुपमा चिनिन्छ । उनका पछिल्ला चलचित्रले यो कुरालाई प्रमाणित पनि गरेको छ । जन्नत २ र राज ३ मा बोल्ड दृश्य दिएर सबैलाई चकित पारेकी इशाले सेक्स कमेडी चलचित्रमा काम नगर्ने बताएर फेरी सबैलाई अचम्ममा पारेकी छिन् । सेक्सजस्तो गम्भीर विषयलाई मानिसले हाँस्ने माध्यम बनाएकोमा मलाई अनौठो लागेको छ । उनले भनेकी छन् मलाई इमोसनल, रोमान्टिक, हेल्दी कमेडी चलचित्रमा काम गर्न मन लाग्छ ।
महेश भट्ट र मुकेश भट्टको चलचित्र जन्नत २ बाट बलिउडमा पाइला टेकेकी इशा गुप्ता आफूलाई सेक्सी र हट चलचित्रकै लागि बनेको दाबी भने गरेकी छिन् । इशा अभिनीत पछिल्लो चलचित्र हमसक्लस बाट पनि उनको चर्चा हुन थालेको छ । चलचित्रमा तमन्ना भाटिया र विपाशा बसुको समेत अभियन रहेको छ ।
0 comments
Write Down Your Responses