विवाहको गाडी दुर्घटनामा नौ जनाको मृत्यु
अजरबैजान, असोज १४ – अजरबैजानमा सोमबार एक विवाहको प्रयोजनमा प्रयोग भएको सवारी साधन अर्को एक गाडीसँग ठोक्किँदा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीस्रोतले जनाएको छ । उक्त दुर्घटना गोएचाए क्षेत्रमा भएको जनाइएको छ । सो घटनामा तीन महिला र एक पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको जनाइएको छ । सो दुर्घटनामा घाइते भएका अन्य ६ जनालाई उपचारार्थ अस्पताल लगिएको र ती मध्ये पनि पाँचजनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । अन्य एक गम्भीर घाइतेको अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।
0 comments
Write Down Your Responses