पङ्खामा भुण्डिएर मोडलले गरिन् आत्महत्या
नयाँ दिल्ली – भारतकी साउथ एक्ट्रेस मोडल अर्चना पाण्डेले आफ्नै फ्ल्याटको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी छिन् ।
मुम्बईको बर्सोवा इलाकामा रहेको उनको फ्ल्याटबाट उनको लास बरामद गरिएको छ । लास सोमबार भेटिएपनि उनले केहि दिन पहिले नै आत्महत्या गरेको पुलिसले जानकारी दिएको छ ।
पाण्डेका छिमेकीलाई उदृत गर्दै पुलिसले दिएको जानकारी अनुसार, गत सोमबार पाण्डेको फ्ल्याटबाट दुर्गन्ध आएकोले त्यसको बारेमा जानकारी लिन छिमेकीहरुले थुप्रै पटक घण्टी बजाएता पनि ढोका खोल्न कोही नआएका कारण उनीहरुले पुलिसलाई यसको जानकारी दिएका थिए ।
सूचना पाएलगत्तै पुलिसले अर्चनाको फ्ल्याटमा खोजतलासी गर्दा पङ्खामा झुण्डिरहेको उनको लाससँगै सुसाइड नोट बरामद गरिएको थियो जसमा उनले आफ्नो प्रेमी उमर पठानलाई यो कठोर कदमको दोषी बताएकी छिन् ।
पुलिसले पठानका विरुद्ध आत्महत्याको लागि उक्साएको भन्दै उजुरी दर्ता गरेको छ ।
उल्लेखनीय छ कि अर्चना भारतीय मोडलिङ क्षेत्रकी निकै चर्चित अनुहार हुन् र उनले थुप्रै साउथ इन्डियन फिल्ममा पनि काम गरिसकेकी छिन् । (एजेन्सी)
0 comments
Write Down Your Responses