माफियाको चंगुलमा शिक्षण अस्पताल

काठमाडौं,असार९–चिकित्सा विज्ञान शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा नेपालकै इतिहास बोकेको त्रिवि शिक्षण अस्पताल तथा चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज सोही संस्थाका माफिया कर्मचारीहरूका कारण धराशयी बन्दै गएको छ । TU_Teaching_Hospitalयति बेला अस्पताल डुबाउन लागिपरेका माफिया कर्मचारीहरूले उक्त अस्पतालको निर्माण कार्य होस् या टेन्डर प्रक्रिया दुवैमा सामान्य मूल्यमा काम गर्नै नसक्ने अवस्था सिर्जना गरेकाले त्रिविको उच्च निकाय र सरकारलाई गुहारेको व्यापारीहरूले जानकारी गराएका छन्। यस अस्पतालमा सामान सप्लाइ गर्ने सम्पूर्ण सप्लायर्स तथा निर्माण, मर्मतसम्बन्धी कार्य गर्ने सम्पूर्ण व्यवसायीहरूले जेठ ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष समेत दुःख दिने कर्मचारीहरुको नामै किटान गरी उजुरी दर्ता गराएका छन्। त्रिवि शिक्षण अस्पतालका पुराना र पटकपटक घोटालाको आरोप खेप्दै आएका कर्मचारी संघका पूर्वअध्यक्ष तथा त्रिवि शिक्षण अस्पतालका योजना तथा निर्माण शाखा प्रमुख सुन्दर तुम्बाहाम्फेउपर व्यवसायीहरूले अख्तियारमा उजुरी दिएको

,

0 comments

Write Down Your Responses

Powered by Blogger.