दोलखा,असार९–तपाईँको घर–आँगनमा अपाङ्ग,असहायका लागि सहयोग माग्दै कोही आएको छरु सचेत रहनुहोस् है त्यस्ता व्यक्ति ठग पनि हुनसक्छन्। ‘अपांग सरोकार केन्द्र काठमाडौं’ र ‘अन्धा अपांग असहाय आश्रम पोखरा’ का नाममन संस्थाबाट चन्दा उठाउँदै गरेका चार व्यक्ति दोलखामा पक्राउ परेका छन्। एकै जनाले खोलेको ती दुई संस्थाले ठगीकै लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरेको ती व्यक्तिबाट खुलेको छ । अपाङ्गको हीत गर्न भन्दै काठमाडौं र पोखरामा संस्था दर्ता गरी देशभर खटिएका व्यक्तिहरुमार्फत गैरकानुनी ढंगले रकम संकलन गर्ने गरेको लोलखा प्रहरीको ठहर छ । अपाङहरुलाई आश्रय र खानपान गराउन भन्दैे सदरमुकाम चरिकोटमा चन्दा उठाउदै गरेका उनीहरुले नवराज अधिकारीले नै खटाएको बयान दिएका छन् । चन्दा उठाउन बढीजसोः महिलाहरु खटिएका छन् । आरोपी दिप्ती र दिलले पुरुषहरु पनि खट्ने गरेको बताइन् । ‘चन्दा उठाएर लगेपछि नवराज सरले सिमित रकम दिनुहुन्थ्यो,’ दिलपियाले भनिन् । प्रहरी अनुसन्धानमा चन्दा उठाएबातपत राम्रै कमिसन पाउने भएकाले महिलाहरु घर परिवार छाडेर जिल्लाजिल्ला चाहर्ने गरेको खुलेको छ । दुई समुहबाट बरामद प्याडमा चितवन, अमलेखगञ्ज, विरगञ्ज, सिन्धुपाल्चोक, मोरङ, सुनसरी, धनकुटा र दोलखाबाट रकम असुलेको उल्लेख छ । अपाङ र असाहायको नाम लिनेवित्तिकै दयाले इच्छा अनुसार रकम दिएको सदरमुकाम चरिकोटका चन्दादाताहरुको भनाई छ । रसिदको अर्धकट्टी अनुसार भन्सार, सहकारी, बैक र ठूला पसलहरुबाट छ हजारसम्म चन्दा असुलेको छ । व्यक्तिहरुले पाँचसयसम्म चन्दा दिएका छन् । दुवैको रसिदप्याडमा करिब ५० हजार जति उठाइएको पाइए पनि रकम भने नौ हजार दुईसय मात्र बरामद भएको छ ।
ठग्नकै लागि देशभर डेढ सय जनाको टोली परिचालन
Powered by Blogger.
0 comments
Write Down Your Responses