काठमाडौं, असार ९–हिजो सम्पन्न संविधानसभा उप निर्वाचनमा कैलाली ६ र चितवन ४ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै बर्दिया १ मा एमालेका उम्मेदवार विजयी भएका छन् । कैलाली ६ बाट कांग्रेसका पुष्करनाथ ओझा विजयी भएका छन् । उनले एमालेका महेश्वर पाठललार्इ पराजित गर्दै विजयी भएका हुन् । ओझाले १४ हजार ७ सय ८५ मत ल्याए भने प्रतिद्धन्दी पाठकले ११ हजार ९ सय ५९ मत प्राप्त गरे । यस क्षेत्रबाट कांग्रेसका शेरबहादुर देउवा विजयीभएर छाडेका थिए । यस्तै चितव–४ बाट कांग्रेसकै रामकृष्ण घिमिरे विजयी भएका छन् । घिमिरेले एमालेकी पार्वती रवाललार्इ पराजित गर्दै विजयी भएका हुन् । घिमिरेले २० हजार तीन सय १८ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी रावलले १७ हजार २ सय ७२ मत ल्याइन् । यसअघि यो क्षेत्रवाट प्रधानमन्त्री सुशील कोइराला विजयी भएका थिए । यसैगरी बामदेब गौतमले छाडेको बर्दिया-१ मा एमालेका श्यामप्रसाद ढकाल विजयी भएका छन् । ढकालले कांग्रेसका उम्मेदवार सादे विष्टलार्इ पराजित गरे ढकालले १६ हजार ६ सय ९६ मत ल्याएभने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्टले ११ हजार ३ सय ३५ मत प्राप्त गरे यस्तै काठमाडौ २ को मत गणणा जारी छ ।पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार दीपक कुँइकेलले अग्रता लिइरहेका छन् भने उनलजार्इ एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले पछ्याइरहेका छन् । यसअघि यो क्षेत्रबाट एमालेका माधवकुमार नेपाल विजयी भएका थिए । हिजो बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म चारवटै निर्वाचन क्षेत्रका ३२४ वटै मतदान केन्द्रमा विद्युतीय उपकरणको प्रयोग गरी मतदान भएको थियो । विद्युतिय मतदानका कारण तत्काल नतिजा आएको हो । निर्वाचन आयोगका अनुसार कैलाली ६ र चितवन क्षेत्र नं. ४ मा आइतबार राती ९ बजेबाट नै मतगणना सुरु भएको थियो । उपनिर्वाचनमा काठमाडौं–२ मा ६०, चितवन–४ मा ७३, बर्दिया–१ मा ७४ र कैलाली–६ मा ६० प्रतिशत मतदान भएको अनुमान आयोगको छ । उपनिर्वाचनमा हुने कुल मतदाता संख्या संख्या २ लाख ५१ हजार ३०४ थियो, जसमा महिला १ लाख २८ हजार ८८७, पुरुष १ लाख २२ हजार ४११ र तेस्रो लिङ्गी ६ जना रहेका थिए । चारवटा निर्वाचन क्षेत्रमा जम्मा १३७ मतदान स्थल र ३२४ मतदान केन्द्र थिए । काठमाडौं–२ मा ३९ मतदान स्थल र ९० मतदान केन्द्र, चितवन–४ मा ३१ मतदान स्थल र ८१ मतदान केन्द्र, बर्दिया–१ मा ३७ मतदान स्थल र ७८ मतदान केन्द्र तथा कैलाली–६ मा ३० मतदान स्थल र ७५ मतदान केन्द्र थिए ।
कैलाली–६ र चितवन ४ मा कांग्रेस विजयी, बर्दिया १ मा एमाले
Powered by Blogger.
0 comments
Write Down Your Responses