गोर्खाज् डटर्स इन इजरायल’ इजरायलमा पुनः देखाइने


नेचुरल मुवि मेकर्सले तयार पारेको ‘गोर्खाज् डटर्स इन इजरायल’ गत शुक्रबार इजरायलमा भएको प्रदर्शन पश्चातको सकारात्मक प्रतिक्रियाले निर्माण युनिट थप उत्साहित भएको छ।  तेल अविवको सिनेम्याट्रिक हलमा भएको प्रदर्शनमा करिव तीन सय जनाको उपस्थिती थियो।

सो चलचित्र हेर्न इजरायलका लागि नेपाली राजदुत प्रह्लाद कुमार प्रसाईँ समेत पुगेका थिए। सोचेभन्दा राम्रो उपस्थिती र प्रतिक्रिया पाएपछि उत्साहित निर्माता प्रकाश थापाले आफ्नो इजरायल बसाई अझ लम्बाएका छन्। छिट्टै अर्को शो को माग आएकोले त्यसैको तयारीमा जुटेको इजरायलबाट हामीसँग कुरा गर्दै निर्माता थापाले बताए।

वैदेशिक रोजगारीको लागि इजरायलमा रहेका नेपाली

महिलाहरुको कथामा आधारित  ‘गोर्खाज् डटर्स इन इजरायल’मा आणविक शक्तीको होडबाजीले युद्ध तिर लम्कीरहेको विश्वलाई माया, ममता र स्नेहले पनि संसार जित्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका नेपाली नारीको विरता साहस र योगदानको गाथा बोकेको चलचित्र भएको बताईएको छ।

 इजरायलमा रहेका नेपाली चेलीका नेपालमा रहेका परिवारलाई पनि ‘गोर्खाज् डटर्स इन इजरायल’  देखाउने तयारी रहेको बताईएको छ। आफ्ना छोरीहरुको यथार्थ बुझ्नको लागि ‘गोर्खाज् डटर्स इन इजरायल’ कोशेढुंगा साबित हुने बताईन्छ।

इजरायल प्रदर्शनबाट संकलित रकमको केहि प्रतिशत रकम समाजसेवामा खर्चिएको छ। ‘काठमाण्डौ बाल विकास समाज’का बालबालिकालाई जाडोको लागि आवश्यक पर्ने लत्ताकपडा खरिदको लागि प्रदान गरिसकिएको छ।

प्रकाश थापा र सुर्य सिम्खडा निर्माता नेहा गुरुङ् सह-निर्माता रहेको सो चलचित्रलाई राजु भण्डारीले निर्देशन गरेका छन्। रत्न कार्की छायाकार हुन् भने लक्ष्मी अधिकारी, सुनिता राई, नितु खतिवडा, निलम गिरी, मोहन श्रेष्ठ, लिला लिम्बु, मुना बस्नेत, स्वस्तिका श्रेष्ठ, रश्मी घिमिरे आदि कलाकारहरुको अभिनय रहे

,

0 comments

Write Down Your Responses

Powered by Blogger.