चीनमा महिला चिकित्सकलाई मृत्युदण्ड

बेइजिङ, चीन , माघ १ - साआन्सी प्रान्तको बेइनानस्थित अदालतले एक महिला चिकित्सकलाई मृत्युदण्डको सजाय सुनाएको छ । बालरोग विशेषज्ञ डा. जाङ्ग सुजियालाई उक्त सजाय सुनाइएको हो । उनीमाथि बालबालिका ओसारपसार गरेको अभियोग लगाइएको छ । उनले अस्पतालमा ल्याइएका शिशु चोरेर बालबालिका ओसारपसार गर्ने अपराधीलाई बेच्ने गरेकी अनुसन्धानबाट पुष्टि भएको छ । 
नवजात शिशुका मातापितालाई शिशु रोगी रहेको, कडा रोग लागेकाले बाँच्न गाह्रो हुने भन्दै ती चिकित्सकले शिशुहरूलाई लामो समयसम्म अस्पतालमा राख्नुपर्ने भन्ने गरेकी थिइन् । शिशुहरू भविष्यमा अपांग तथा लाटो हुन्छ भनी लामो समयसम्म अस्पतालमा राख्ने भनी ती अपराधीलाई दिने गरेको उनले अदालतसामु स्विकारेकी छन् ।
उनले शिशुका सोझासाधा मातापितालाई ललाइफकाई शिशु हात पारेर अपराधी समूहलाई बेच्ने गरेको कुरा अदालतसमक्ष स्विकारिन् । चीनमा दुई वर्षसम्म स्थगन आदेशसहित मृत्युदण्डको सजाय सुनाइएको र दुई वर्षसम्म आरोपीको चालचलन र प्रायश्चितको संकेत अध्ययन गरेपछि अदालतलाई उचित लागेमा मृत्युदण्डको सजाय वा आजीवन कारावासमा बदल्न सकिने प्रावधान उक्त फैसलामा व्यवस्था गरिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.