प्रधानमन्त्रीको विषयमा कांग्रेसमा सहमति भएन

सरकारको नेतृत्व लगायत विषयमा नेपाली कांग्रेसका तीन शिर्ष नेताबीच अझै विवाद कायम छ ।
सहमति जुटाउन कांग्रेस सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच बिहीबार झण्डै तीनघण्टा छलफल भएपनि कुनै सहमति भने नभएको नेताहरुले बताएका छन् ।
बैठकपछि उपसभापति रामचन्द्र पौडेलले सरकार गठनका विषयमा अन्य दलसँग पनि छलफल गर्ने र आन्तरिक छलफललाई पनि निरन्तरता दिने बताउनुभयो । नेताहरुवीच भोलीपनि यसबारे थप छलफल हुने काँग्रेसले जनाएको छ ।
तिनै जना नेता सरकारको नेतृत्व गर्न इच्छुक देखिएकाले नयाँ सरकारको नेतृत्वका विषयमा कांग्रेसभित्र सहमति हुन सकेको छैन ।
सभापति कोइरालाले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने गरी छलफल थालिसक्नुभएको छ भने उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको दाबेदार रहेको सार्वजनिक रुपमै बताउनुभएको छ ।
देउवाले प्रधानमन्त्री बन्न नदिए पार्टीको कार्यवहाक सभापतिको जिम्मेवारी पाउनुपर्ने दावी गरिरहनुभएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.