टिचिङका डाक्टरले सबै सेवा बहिस्कार गरे

 शिक्षण अस्पतालका आवासीय र एमबिबिएस डाक्टरहरुले अस्पतालका सबै सेवामा काम नगर्ने घोषणा गरेका छन् ।
यसअघि आकस्मिक र अन्तरंग सेवामा मात्र काम गर्दै आएका उनीहरुले बिहीबारदेखि सबै सेवा बहिष्कार गर्ने घोषणा गरेका हुन् ।
आमरण अनसनमा बसेका प्राध्यापक डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै चिकित्सकहरु बिरोधमा उत्रिएका हुन् । सरकारले माग सम्बोधनमा चासो नदिएकाले बाध्य भएर यस्तो निर्णय गर्नुपरेको शिक्षण अस्पतालको आवासीय चिकित्सक संघका अध्यक्ष किशोर खनालले उज्यालोलाई जानकारी दिनुभयो ।
डा. केसीको माग सम्बोधनमा दबाब दिन आफूहरुले विशेषज्ञ डाक्टरहरुसँग पनि ऐक्यबद्धता जनाएर अघि बढ्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । विशेषज्ञ डाक्टरहरुले पनि माग सम्बोधनमा सरकारले चासो नदेखाएको पनि असन्तुष्टी जनाएका छन् ।
आवासीय र एमबिबिएस डाक्टरहरु बिरोधमा रहँदा नयाँ आउने बिरामीको उपचारमा ध्यान दिन गाह्रो भएको चिकित्सक शिक्षक संघका सहसचिव डा. सुवास आचार्यले उज्यालोलाई बताउनुभयो । ५ दिनदेखि आमरण अनसनमा बसेका डाक्टर केसीको माग सम्बोधनको लागि सरकारले चासो दिएको छ ।
बिहीबार बेलुकीसम्ममा सरकारले सम्बोधन गर्ने आश्वासन आफूहरुले पाएको आचार्यले जानकारी दिनुभयो । चिकित्साशास्त्र अध्ययन संस्थानका निवर्तमान डिन डा. प्रकाश सायमीलाई राजनीतिक दबाब दिएर राजीनामा दिन बाध्य पारिएको भन्दै डा. केसी आमरण अनसन बस्नुभएको हो ।
उहाँले राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने, थप मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, डा. सायमीको पुनर्वहाली गर्नुपर्ने लगायतका माग गर्नुभएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.