केन्द्रीय सदस्यहरुले भने, ‘बहिष्कार नाममा उठाएको पैसा खै कमरेड ?’

                     CPN-Maoist          तपाईंहरुलाई लाग्न सक्छ, अहिले नेपालमा रहेका राजनीतिक दल मध्ये आयश्रोत बढी कसको होला ? कांग्रेस, एमाले वा एमाओवादीको । तर, अव यो कुरा गलत साबित हुने भएको छ । अहिले सबैभन्दा बढी आयश्रोत भएको पार्टी बैद्य नेतृत्वको नेकपा– माओवादी बनेका छन् । स्वयं नेकपा–माओवादीका तल्ला कमिटीमा रहेका नेताहरुले आर्थिक हिसाब पारदर्शी भएन भनेर आवाज उठाउन थालेका छन् । हालै ललितपुरको कुपण्डोलमा बसेको नेकपा–माओवादीको केन्द्रीय समितिको बैठकमा कतिपय केन्द्रीय सदस्यहरुले पार्टीमा आर्थिक अनियमिता भएको कुरा उठाएका थिए । चुनावभन्दा अगाडी र चुनावका बेला बहिष्कार आन्दोलनमा व्यावसायी तथा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबाट पैसा असुलेको तर त्यो पैसामा पार्टीमा नआएर व्यक्तिको खल्तिमा गएको भन्दै नेताहरुले आवाज उठेएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । ‘चुनावको बेलामा बहिस्कार गर्ने भन्दै धेरै व्यवसायीहरुबाट पैसा उठाइयो, एमाओवादीलाई साइजमा ल्याउन अन्य पार्टीका उम्मेदवारहरुबाट पनि प्रशस्तै पैसा उठाए । तर, ती रकम पार्टीको कोषमा आएन । आखिर त्यत्रो पैसा कहाँ गयो ? त्यसको विवरण देखाउनु परेन ?’, उनले भने । बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीका जिल्ला नेताले चुनावका बेला कांग्रेस एमाले र स्वयं एमाओवादीका उम्मेदवारहरुबाट पैसा खाएको विषयमा निकै चर्को कुरा उठेको थियो । नेकपा–माओवादी स्रोतका अनुसार त्यो बैठकमा चुनाव बहिष्कारका नाममा पैसा खाने नेताहरुलाई कारवाही गर्नुपर्ने माग अनिल शर्मा ‘बिरही’ लगायतका नेताहरुले राखेका थिए । बिरही भनेका थिए “मत बेच्ने दलालहरुलाई कारवाही गर्नु पर्यो र पार्टीप्रति इमान्दारहरुलाई काम गर्न दिनुपर्यो ।” केन्द्रीय समितिको बैठकमा मत बेचेर पैसा खाएको र कयौं केन्द्रीय नेताहरुले घर घडेरी जोडेको भन्ने धेरै नेताहरुले आरोप लगाएका थिए । स्रोतका अनुसार क्रान्तिकारी पत्रकार महासंघका संयोजक कुमार शाहले “पार्टीको घोषित नीति जनयुद्धको जगमा जनबिद्रोह गर्ने हो । तर, के अहिले पार्टीमा घर घडेरीको जगमा जनविद्रोह गर्ने नीति अघि सारेको हो?” भन्दै प्रश्न गरेका थिए । त्यस्तै भर्खरै सम्पन भएको तीन दिने नेवाः राज्य समितिको बैठकमा पनि राज्यसमिति सदस्यहरुले “चन्दा उठाएको पैसा र प्रचण्डलाई हराउन कांग्रेस उम्मेदवार राजन के.सी.बाट ल्याएको करोडौं रुपैयाँ कता गयो कमरेड ?” भनेर प्रश्न उठाएका थिए । त्यस बिषयमा स्पष्टीकरण दिदैं नेवाः राज्य समितिका इन्चार्ज रहेका दिनेश शर्माले हाँस्दै त्यो पैसा सकिएको र पार्टी उल्टै ऋणमा भएको कुरा राखेका थिए । “त्यति बेला ल्याएको पैसा त बहिष्कारको बेलानै खर्च भैसक्यो । बरु त्यो पैसाले पनि पुगेन । पार्टीलाई थप ऋण पनि लागेको छ । अब तपाईंहरुले पैसा उठाएर राज्य कार्यालयमा बुझाउनु होला ।” शर्माको भनाई उद्धृत गर्दै स्रोतले रातोपाटीलाई बतायो । बहिष्कारका बेला कयौं नेता कार्यक्रताले अन्य दलका उम्मेदवार र ब्यावसायीबाट पैसा असुलेको र त्यो पैसा पार्टीमा नआएको कुरा उठेपछि माओवादी केन्द्रीय समितिको बैठकमा पेश गरिएको दस्तावेजमा समेत “बहिष्कार आन्दोलन आ–आफ्नै मौलिकतामा भव्यतापूर्वक सम्पन्न भयो” भनेर उल्लेख गरिएको छ । 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.