अस्पताबाट ९ दिनको शिशु गायब

बुटवल, लुम्बिनी अञ्चल अस्पतालबाट कपिलबस्तुका एक दम्पत्तीको बच्चा गायब भएको छ ।
कपिलबस्तु विरपुर ६ का रामवती हरिजनको ९ दिनको छोरा अस्पतालबाट हराएका हुन् । पुस २३ गते अपरेसनबाट बच्चा जन्मिएपछि घर कपिलबस्तु गएका रामवती र उहाँका श्रीमन मंगलबार टाँका काट्न अस्पताल आउँदा बच्चा हराएको हो ।
रामवती अपरेसनको टाँका काट्न लाइनमा बसेको र पति सौचालय गएको बेला एक महिलाले बच्चा गायब बनाएकी हुन् । अस्पतालका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अपरिचित महिलाले रामवतीलाई साह्रो भएको छ भनेर नर्सलाई भित्र लैजान लगाएकी थिइन् । त्यही समयमा बच्चालाई गायब पारिएको थियो ।
रामरतीले विवाह गरेको २० वर्षपछि पहिलो सन्तानको रुपमा छोरा जन्माउनुभएको थियो । इलाका प्रहरी कार्यलय बुटवलले हराएको बच्चाको खोजी गरिराखेको बताएको छ । बच्चा हराएपछि अचेत भएकी रामरतीलाई अस्पतालमा भर्ना गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.