टुंडिखेलमा रेग्मीका अनेक रुप (फोटो फिचर)

काठमाडौ, माघ १ – माघे संक्रान्तिको अवसरमा काठमाडौंको टुंडिखेलमा पनि बुधबार भव्य कार्यक्रम भयो ।
टुंडिखेलको एकातिर थारु समुदाय र अर्कोतिर मगर समुदायको छुट्टाछुट्टै समारोह । दुवै समारोहमा प्रमुख अतिथि बनेर पुग्नुभएको थियो, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी ।
थारु समुदायको माघी महोत्सव र मगर समुदायको शुभकामना आदानप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रममा निम्ता मान्न पुगेका रेग्मीलाई दुवैथरीले आफूहरुको संस्कृति अनुसार स्वागत गरे । राष्टिय पोशाकमा पुगेका रेग्मीलाई दुवै समुदायले आआफ्नो परम्परा अनुसारका पहिरन पनि लगाइदिए ।
थारु समुदायको कार्यक्रममा पुग्दा थारुको जस्तै भेषमा देखिएका रेग्मी मगर समुदायको कार्यक्रममा पुग्दा मगरको जस्तो भेषमा देखिनुभयो । दुवै कार्यक्रममा सम्वोधन गर्ने भाषा र शैली र पनि त्यसै अनुसारको थियो ।
तर रेग्मीले एउटै कुरामा जोड दिनुभयो, ‘नेपाल सांस्कृतिक हिसावले धनी छ । त्यसका सवल पक्षलाई सुदृढ गर्दै सामाजिक र आर्थिक पक्षका लागि हामी अग्रसर हुनुपर्छ ।  त्यसका लागि सहयोग गर्न सरकार तत्पर छ । सरकारले सफलत पूर्वक संविधानसभाको चुनाव गराएको छ । त्यसमा सकृय सहभागिताका लागि थारु समुदायलाई पनि धन्यवाद, मगर समुदायलाई पनि धन्यवाद ।’
टुंडिखेलमा रेग्मीका अनेक रुप (फोटो फिचर)
टुंडिखेलमा रेग्मीका अनेक रुप (फोटो फिचर)
टुंडिखेलमा रेग्मीका अनेक रुप (फोटो फिचर)
टुंडिखेलमा रेग्मीका अनेक रुप (फोटो फिचर)
टुंडिखेलमा रेग्मीका अनेक रुप (फोटो फिचर)
टुंडिखेलमा रेग्मीका अनेक रुप (फोटो फिचर)
टुंडिखेलमा रेग्मीका अनेक रुप (फोटो फिचर)

,

0 comments

Write Down Your Responses

Powered by Blogger.