गुण्डाका दिन सकिए': बामदेव गौतम
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले मुलकमा गुण्डागर्दी गरी आतंक मच्चाउनेहरुको दिन सकिएको बताएका छन् ।
प्रेस चौतारी तनहुँले बिहीबरा दमौलीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै गौतमले अपराध नियन्त्रण गर्न आफू जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रतिबद्धता जनाए ।
'अपराध नियन्त्रण गर्न सरकारलेजस्तो सुकै कदम चाल्न पनि तयार छ,' उनले भने, 'अब मुलुकमा गुण्डा संस्कृतिले पश्रय पाउने छैन् ।'
सरकारको नेतृत्व सम्हालेको मुख्य दल कांग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्ता पक्राऊ परेको बहानामा सडकमा ढुंगामुढा गर्नु अशोभनीय भएको उनले बताए । उनले कानुन हातमा लिन खोज्ने जोसुकैलाई नछाडिने बताए ।
'कानुनलाई आफ्नो हातमा लिने जो कसैले पनि उन्मुक्ति पाउनेवाला छैनन्,' उनले भने ।
एक बर्षभित्रै मुलुकले संविधान पाउने र ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउनु सरकारको पहिलो प्राथमिकता भएको उनले बताए । दुई तिहाई जनता संविधान निर्माणको पक्षमा रहेकोले सो जनादेशको सम्मान हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
संविधान निर्माण
0 comments
Write Down Your Responses