बाबुरामले लिए एसएसपी खरेलको पक्ष
काठमाडौ, जेष्ठ १६ - गृह मन्त्रालयले काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई कारवाही स्वरुप सरुवाको तयारी गरेको बेला एमाओवादी नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले खरेलको बचाउ गरेका छन् । उनले खरेललाई कारवाही गरिनु ठीक नभएको जनाएका छन् ।
प्रहरीको एआईजी बढुवामा आर्थिक चलखेल
भएको आफूले पनि भरपर्दो स्रोतबाट थाह पाएको उनले जनाएका छन् । उनले टि्वट गर्दै त्यस्तो चलखेलको भेद खोल्ने इमान्दार अफिसरलाई उल्टै कारवाही गरिनु ठीक होइन भनेका छन् ।
उनले आफ्नो टि्वटर एकाउन्टमा टि्वट गर्दै लेखेका छन्-'प्रहरीको एआईजी बढुवामा आर्थिक चलखेल भएको परपर्दो सूत्रबाट थाह भएको छ । यसबारे भेद खोल्ने इमान्दार अफिसरलाई कार्वाही गर्नु ठीक भएन ।'
व्यसायिक दक्षता भएका प्रहरी अधिकारी खरेलले गत साता राजधानीको एक सार्वजनिक कार्यक्रममा डिआईजिपीहरु बढुवाका लागि बि्रफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिव्यक्ति दिएर विबादमा तानिएका थिए । उनले संगठनको नीति विपरीत गएर अभिव्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले डिआईजिपीको संयोजनमा छानबीन समिति समेत गठन गरेको छ । खरेललाई काठमाडौंबाट हटाउने गृहको तयरी निर्वाचन आयोगबाट स्विकति आईनसकेकोले हुन सकेको छैन ।
- See more at: http://ekantipur.com
0 comments
Write Down Your Responses