खरेल काठमाडौं प्रहरी प्रमुखबाट हटाइए

काठमाडौं, जेष्ठ १२ - मर्यादा विपरीत आफ्नो संगठनका अधिकारीको विपक्षमा अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले काठमाडौं प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललाई मुख्यालय तानेको छ । उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई पठाउने भएको छ । प्रहरी मुख्यालयको सिफारिसमा गृहमन्त्रालयले खरेललाई मुख्यालय बोलाएर कार्कीलाई पठाउन लागेको हो । कार्की अपराध अनुसन्धानमा राम्रो दख्खल भएका मानिन्छन् । तर असार ८ गते संविधानसभाको उप निर्वाचन हुने भएकाले मङगलबार निर्वाचन आयोगको सहमति लिएर मात्र सरुवा गरिने भएको छ ।Ramesh Kharel
ब्यावसायिक दक्षता भएका खरेलले दुई दिन अघि राजधानीको एक सार्वजानिक कार्यक्रममा आफ्ना संगठनका बरिष्ठ अधिकारी नायब महानिरीक्षक (डिआईजिपी)हरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिब्यक्ति दिएर विबादमा तानिएका थिए । उनले संगठनको नीति विपरीत गएर अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले डिआईजिपीको संयोजनमा छानबीन समिति समेत गठन गरेको छ । खरेललाई आइतबार नै मुख्यालय तानिने तय भएको थियो । तर काठमाडौंमा कसलाई पठाउने भन्ने बिषयमा निर्णय हुननसक्दा अबेर भएको मुख्यालय स्रोतले बतायो ।

खरेललाई तानिएपछि त्यहाँ जाने सूचीमा पहिला काठमाडौंको सुरक्षा जिम्मेवारी सम्हालिसकेका एसएसपी पुस्कर कार्की, योगेश्वर रोमखामी र खरेलकै ब्याचका सर्वेन्द्र खनालको नाम समेत चर्चामा आएको थियो

,

0 comments

Write Down Your Responses

Powered by Blogger.