बिहे गरिन् ऋचाले (फोटो फिचरसहित)
बिना पूर्व चर्चा ‘नाई नभन्नु ल ’अभिनेत्री ऋचा सिंह ठकुरीले शुक्रबार एक औपचारिक समारोहका बीच विवाह गरेकी छिन् । करिब एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी ऋचाले बिराटनगर जनपथ टोलका स्थायी निवासी अष्ट्रेलियन एनआरएन गजेन्द्रराज थापासँग मागी विवाह गरेकी हुन् ।
गजेन्द्र र ऋचाको बसुन्धरा स्थित दियालो पार्टी प्यालेसमा वैदिक विधि अनुसार विवाह सम्पन्न भएको हो । उनीहरुको पहिलो भेट पारिवारिक जमघटका अवसरमा भएको थियो । त्यसयता सम्पर्कमा रहेका दुवैले केही समयपछिको प्रेम पश्चात विवाह गर्ने निर्णय गरेका थिए । घरबाट पनि विवाहका लागि स्विकृति दिएपछि प्रेम सुरु भएको ऋचाले बताईन् ।
ऋचाले गजेन्द्रलाई डेढ वर्ष अघि मात्र भेटेको भएपनि गजेन्द्रले भने ऋचालाई ४ बर्ष अगाडी नै देखेको बताए । ऋचाको पहिलो फिल्म 'नाईं नभन्नु ल' अष्ट्रेलियाको ब्रिसबेनमा प्रदर्शन हुँदा रिलमा पहिलो पटक उनलाई देखेको गजेन्द्रले सुनाए । अष्ट्रेलियामा बसोबास गर्दै आएका गजेन्द्रले ऋचाको मिलनसार स्वभावबाट प्रभावित रहेको बताए ।
यसअघि रिलमा ‘धडकन भित्र’ फिल्ममा प्रशान्त तामाङसँग विवाह गरेकी ऋचाले सुनाइन्,‘फिल्ममा रिक टेक गर्न मिल्छ तर यहाँ मिल्दैन । त्यसैले एकदमै नौलो अनुभव भईरहेको छ ।' परिवारको र श्रीमानको साथ भएकाले फिल्ममा अभिनय गर्ने सम्भावना रहेको उनले सुनाईन् । तर कहिले फिल्ममा फर्कने भन्ने कुरा तय नभएको उनको भनाई थियो ।
नाईं नभन्नु ल’ बाट नेपाली फिल्ममा ‘डेब्यु’ गरेकी ऋचाले ‘म तिम्रो भईसकें', 'धड्कन भित्र', ‘मन मनै मन पराएँ’, ‘माया गर ल’, ‘खुड्किलो’ गरी करिब दर्जन फिल्ममा अभिनय गरेकी छिन् । यता गजेन्द्रले 'सुपर गोर्खे' नामक फिल्म बनाउने घोषणा गरेका थिए जुन निर्माणको प्रक्रियामा रहेको उनको भनाई छ ।
0 comments
Write Down Your Responses