सवारी दुर्घटनामा परी कतारमा तीन नेपालीको मृत्यु
१७ असार, काठमाडौं । कतारमा भएको सवारी दुर्घटनामा परी तीनजना नेपालीको ज्यान गएको छ । गत शुक्रबार भएको सवारी दुर्घटनामा झापाका पुष्पराज सिवकोटी, महोत्तरीको सिसुलाकटैयाका रामसरोवर साह र ओखलढुंगाका सुर्यबहादुर कार्कीको मृत्यु भएको हो ।
0 comments
Write Down Your Responses