इराकमा अपहरित नेपाली सहित ४८ रिहा

४ नेपाली मुक्त भएको पुष्टी
पाकिस्तानस्थित नेपाली दूतावासले इराकी विद्रोही समूहको अपहरणमा परी चार जना नेपाली शुक्रबार मुक्त भएको पुष्टी गरेको छ। विद्रोही समूहले चार जना नेपाली सहित ४८ जना विदेशी मजदुरलाई अपहरण गरेको चार दिन पछि छोडेको पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्याललाई उदृत गर्दै नेपाली संचारमाध्यम ले जनाएका छन्  ।

६ असार, काठमाडौँ ।

इराकी विद्रोहीहरुले नेपालीहरुलाई अपहरण गरेको समाचार पुष्टि नभइरहेको अवस्थामा उनीहरुले ४८ वैदेशिक मजदुरहरुलाई मुक्त गरेका छन् ।  अस्पताल कन्स्ट्रक्सन मदूरको रुपमा काम गर्ने उनीहरु चार दिन अघि सुन्नी विद्रोहीको अपहरणमा परेका थिए।

समाचार एजेन्सी एपीका अनुसार टिक्रिक सहरमा निर्माण भइरहेको अस्पतालमा काम गर्ने नेपाल, टर्की, बंगलादेश, तुर्केमिनिस्तान र अजरबैजानका कामदारलाई त्यहाँको विद्रोही समूहले बन्दक बनाएको थियो।

'चार दिन अघि हर्मिन पहाड नजिकैबाट अपहरणमा परेका कामदारहरुलाई मुक्त गरिएको छ', क्रिकुक प्रान्तका प्रहरी उपप्रमुख तोराहन अब्दुलरहमानले भनेका छन्- 'क्रिकुक र टिक्रिकबीचको चेकपोइन्टमा उनीहरुलाई हस्तान्तर गरिएको हो।'

अपहरणमुक्त भएकाहरुलाई प्रहरीले आफ्नो साथमा राखेको जनाएको छ। प्रहरी उपप्रमुख अब्दुलरहमानले उनीहरुलाई छिटै स्वदेश फर्काइने बताए। 'हामीले उनीहरुलाई क्रिकुक ल्याएका छौं। उनीहरुलाई चाँडै उनीहरुको मुलुक फर्काइनेछ।'
via - nepaliheadlines भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

0 comments

Write Down Your Responses

Powered by Blogger.