इतिहासलाइ हेर्ने हो भने ‘मलेसियन विमान नभेटिन सक्छ’


 अहिले देश–विदेशकै साझा चिन्ता र चासो बनेको छ, मलेसियन एयरलायन्सको विमान वेपत्ता प्रकरण । विमान कहाँ पुग्यो होला, दुर्घटना या आतंकवादको सिकार के भयो होला भन्ने चिन्ताग्स्त जिज्ञासा सबैमा व्याप्त छ । चिया गफदेखि अफिसको टेबलसम्म मलेसियन एयरको हराएको विमानको चर्चा छ ।

स्थलदेखि स्याटलाइटसम्मको प्रयोग गर्दै खोजी कार्य जारी छ तर, विमानको अत्तोपत्तो लागेको छैन । कतिसम्म भने विमानको अन्तिम सिगनलले समेत विमानबारे ठोस जानकारी दिन सकेको छैन । आतंकवादको शिकार भयो कि भन्ने शंकामा पनि इन्टरपोलले आतंकवादीको कुने हात नभएको स्पष्ट पारेको छ ।

यद्यपी बुधबार चीनले स्याटलाइटबाट  दुर्घटना स्थल अनुमान गरेर तस्वीरमा चीनको दक्षिणी समुद्रमा जहाजको भग्नावशेषजस्तो वस्तु देखिएको जनाएको छ । तरपनि यो अनुमान मात्र हो, यसको यथार्थ पुष्टि हुन सकेको छैन ।

त्यसो भए कहाँ गयो त मलेसियाबाट चीन आएको विमान ? शनिबार दुई सय २७ यात्रु र १२ चालक दलका सदस्य बोकेर उडेको विमानमा सबै सकुशल छन् त ?

यसरी वेपत्ता भएका विमानहरु सबै भेट्टाउन नसकेको इतिहास हेर्दा यो विमान पनि नभेट्टाउने पो हो कि भन्ने अनेकन आशंकाहरु उब्जिन थालेका छन् ।

यसअघि पनि केही उडेका विमानहरु गन्तव्यमा नपुगी बीचमै हराएका थिए । खोजी कार्य सफल नहुँदा आजसम्म पनि हराएका ती विमानहरुबारे चासो कायमै छ भने केही विमानहरु केही वर्षहरु लगाएर भेटिएका थिए । अझै केही विमान यात्रुका आफन्तहरु आफ्ना नातेदार फर्किन्छन् कि भनेर आश गरी बसेका होलान् ।

सन् १९३७ मा प्यासिफिक महासागरमा अमेरिकी ट्वीनअटर विमान वेपत्ता भएको थियो । सोसँगै बेपत्ता भएकी पहिलो महिला पाइलट एमेलिया इरहर्टलाई दुई वर्षपछि मृत घोषित गरियो । तर, विमान अझै बेपत्ता नै छ ।

एट्लान्टिक महासागरको ट्रयांगल  रुपमा चिनिने दक्षिणी भागमा १९४० को दशकमा दुई विमान दुर्घटना भएपनि सोबारे अझै ठोस सबुतहरु फेला परेका छैनन् ।

जतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो त्यतिबेला सन् १९४३ मा अमेरिकी बम्बर बोकेर इटली हिडेको बिमान लिबियाको मरुभूमीमा दुर्घटना भएपनि १५ वर्षपछि मात्र विमान मरुभूमीमा भेटिएको थियो । तर अचम्मको कुरो १५ बर्षपछि भेटिदा पनि मेशिनगनहरु काम गर्ने अवस्थामै थिए ।

२००७ सेप्टेम्बर ३ मा उडेको बिमान अमेरिकाकै नाभाडाबाट हरायो । सो विमान सन् २००८ को अक्टोबरमा आएर फेला परेको थियो ।

एयर फ्रान्सको ४४७ सन् २००९ मा एटलान्टिक महासागरमा दुर्घटना भएको थियो । व्ल्याक बक्स २ बर्षपछि भेटिएपछि मात्र दुर्घटनाले पूर्णता पाएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.