रमेश खरेलबारे निर्वाचन आयोगले बैठक डाक्यो

१३ जेठ, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख रमेश खरेलको सुरुवाबारे छलफल गर्न निर्वाचन आयोगले आचारसंहिता समितिको बैठक डाकेको छ ।

खरेलको सुरुवाका लागि सहमति माग्दै गृहमन्त्रालयले निर्वाचन आयोगमा पत्र पठाएको छ । ‘गृहको पत्र प्राप्त भएको छ’ एक आयुक्तले अनलाइनखबरसँग भने-’बुधबार आचार संहिता समिति बैठक बोलाइएको छ, त्यसमा छलफलपछि के निर्णय हुन्छ भनौला ।’

असार ८ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता लागू गरेको छ । उक्त अवधीमा सरकारले अत्यवश्यक सुरुवा, वढुवामा निर्वाचन आयोगको सहमति लिनुपर्ने हुन्छ ।

डीआईजी बढुवामा आर्थिक चलखेल भएको अभिव्यक्ति दिएपछि खरेलमाथि छानविन सुरु भएको छ । डीआईजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाइएको छ ।

छानविन सुरु भएलगत्तै खरेललाई काठमाडौं प्रहरी प्रमुखबाट हटाउने निर्णय भइसकेको छ ।
खरेलले शनिबार एक सार्वजनिक कार्यक्रममा एआईजीको बढुवाका लागि डीआईजीहरु बि्रफकेस बोकेर नेता र शक्ति केन्द्रको ढोकामा धाइरहेका भन्दै भ्रष्टलाई बढुवा नगर्न आग्रह गरेका थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.