बिद्यार्थीले प्रिन्सिपललाई सुँगुर सँग म्वाई खान बाध्य पारे
अक्सर हामी साना नानीहरुबाट केही काम लिनुपरे बिभिन्न वाचा गर्छौ । त्यस्ता कतिपय वाचा पुरा गरिन्छन त कतिपय भन्नाका लागि मात्र गरिएका हुन्छन् ।
तर, चीनका एक स्कूल प्रिन्सिपल याओ मिङ्ग होङ भने केटाकेटीसित गरिएको यस्तै हल्काफूल्का बाचाले गम्भिर संकटमा परे ।
बिद्यार्थी यस्तो सुनौलो अबसर गुमाउनेवाला थिएनन् । आफ्ना प्रिन्सीपलले फोहोरी सँगुरलाई चुम्बन गरेको हेर्ने रहरका कारण पनि उनीहरु बिद्यालयको फोहोर मन लगाएर सफा गरे ।
अन्तिममा प्रिन्सिपलले वाचा पुरा गर्नुपर्ने बेला आयो । प्रिन्सिपल यसबाट पछि हट्ने पक्षमा देखिएनन् ।
अन्ततः उनले स्कूलको प्राथना समयमा स्टेजमा चढेर घोर्ले सुँगुरलाई म्वाईं खाए, केटाकेटीहरुले ताली बजाए ।
0 comments
Write Down Your Responses