हस्तलिखित राहदानीलाई पनि स्वीकृति

Passport.jpg

काठमाडौ, जेष्ठ २ - वैदेशिक रोजगार विभागले तीन महिनाअघि गरेको 'जेठ १ गतेदेखि हस्तलिखित राहदानीमा श्रम स्वीकृति नदिने' निर्णयलाई श्रम तथा रोजगार मन्त्रालयले सच्याएको छ ।

विभागको निर्णयबाट आप्रवासी कामदार समस्यामा परेपछि मन्त्रालयले बिहीबार डिसेम्बरसम्म हस्तलिखित राहदानीमा समेत श्रम स्वीकृत दिने निर्णय गरेको हो ।

मन्त्रालयले नयाँ श्रम स्वीकृत लिएर जाने कामदारलाई एमआरपी र बिदा वा काम विशेषलाई स्वदेश आएर फर्किनेलाई पुरानै राहदानीमा श्रम स्वीकृति वा नवीकरण गरिदिने निर्णय गरेको हो । 'ढिलो-चाँडो एमआरपीमा नगई नहुने भएकाले नयाँ श्रम स्वीकृति लिएर जाने कामदारलाई भने एमआरपी चाहिने भनेका छौं,' मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले कान्तिपुरलाई भने

,

0 comments

Write Down Your Responses

Powered by Blogger.