एमाले पार्टी कार्यालय गोरखामा तोडफोड पछि चोरी
एनपी न्युज डटनेट, काठमाडौँ, १९ भदौ । अपरिचित समूहले नेकपा (एमाले) गोरखाको पार्टी कार्यालयमा तोडफोड गरेको छ । गोरखा नगरपालिका–६ स्थित चाइनीजधारामा रहेको पार्टी कार्यालयको ढोका फोडेर अज्ञात समूहले कार्यालयभित्रको दराजबाट करिब रु ७०० चोरेको कार्यबाहक अध्यक्ष विश्वेश्वर कट्टेललाई उदृत गर्दै राष्ट्रिय समाचार समितिको खबरमा उल्लेख गरिएको छ ।
कट्टेलका अनुसार “जनवर्गीय सङ्गठन, पार्टी कार्यालय र कार्यालय सचिवको गरी तीनवटा स्टिलको दराज फोडिएको छ” साथै “दराजमा रहेका अन्य कागजात भने जस्ताको तस्तै छ । कार्यालय सचिवको दराजभित्र रहेको पैसा भने रहेनछ ।” अज्ञात समूहले पार्टी कार्यालयभित्र रहेको चारवटा ¥याक पनि तोडफोड गरेको एमाले जनाएको छ ।
मध्य रातमा भएको तोडफोडको समयमा कसैले थाहा नपाएको र “बिहान ७ः३० बजेतिर कार्यालय तोडफोड भएको थाह भएको कट्टेलले जानकारी दिए ।
तोडफोडका विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको भउ पनि कसले कुन प्रयोजनाका लागि तोडफोड गरेको हो त्यो भने खुल्न सकेको छैन ।
0 comments
Write Down Your Responses