बालसखी विवाह गर्न १८ वर्षको प्रतिक्षा ?
भनिन्छ मानिसको जोडी भगवानले पहिला नै बनाइदिएका हुन्छन् । मानिसहरु सामाजक प्राणी भएका कारण उनीहरुलाई जीवनयापनका लागि कोही न कोही व्यक्तिको आवश्यकता परेको हुन्छ । जीवन रथलाई सजिलै अगाडि बढाउनका लागि मानिसहरुले उमेर पुगेपछि विवाह गर्ने गर्दछन्–कसैले प्रेम विवाह गर्छन् भने त कसैले मागी विवाह । कोही भने आफ्नो प्रेमवियोग सहन नसकेर छट्पटाइरहेका देखिन्छिन् । जसलाई माया गरिएको छ, उसैसँग विवाह हुने सौभाग्य सबै व्यक्तिको कहाँ हुन्छ र ?
यहाँ हामी एउटा यस्तै भाग्यमानी जोडिको कुरा गर्दै छौँ जसले आफ्नो बालसखालाई जीवन साथीको रुपमा अंगालेका छन् । यो जोडी यस कारणले पनि विशेष छ किनभने उनीहरुको विवाह एक, दुई वा तीन वर्षको प्रेमसम्बन्ध पश्चात नभई पूरै १८ वर्षको लामो प्रेमसम्बन्ध पछि विवाह भएको छ ।
चीनको हेनान प्रान्तमा बस्ने वेंग जिहेंगलाई आफू ६ वर्षको हुँदा आफ्नी बालसखा जियांग यती राम्री लागिन् कि त्यति सानो उमेरमा नै उनलाई जीवनसाथी बनाउने सोच बनाए । आफ्नो यो सोचलाई साकार पार्न उनलाई १८ वर्ष लाग्यो ।
यी जोडी एउटै स्कुलमा नै पढ्ने गर्दथे । स्कुल पढेको केहि समयपछि नै उनीहरु एकअर्काबाट छुटिए । बालमष्तिस्कमा कैद जियांगको फोटो उनले जिहेंगलाई कहिले बिर्सन सकेनन् । त्यसकारण उनले आफू वयस्क भइसकेपछि पनि जियांगको खोजी गरे । छोराको खोजीलाई समर्थन गर्दै उनका पिताले जिहेंगको आफन्तसँग कुरा गरे जहाँबाट उनी बसेको ठाउँ पत्ता लाग्यो । पत्ता लागेको ठेगानामा जियांगले सम्पर्क गरे जहाँ उनको भेट जिहेंगसँग भयो ।
१८ वर्षपछि एक–अर्कालाई पाउँदा उनीहरु निकै खुसी भएका छन् । उनले विवाह गर्ने निर्णय लिए त्यसपछि दुबैले काठको त्यो पुलमा गएर फोटो खिचे जहाँ उनीहरु ६ वर्षको उमेरमा गएका थिए । यो पुल उनीहरुका लागि निकै स्मरणीय छ । बच्चाबेलादेखिको मायालाई पाउन १८ वर्ष प्रतिक्षा गरेकोमा उनीहरुका दुबै परिवार निकै खुसी छन् । (एजेन्सी)
0 comments
Write Down Your Responses