विदेशबाट फर्केको २० दिनमै श्रीमतीको हत्या,, किन? भयो २० दिनमै श्रीमतीको हत्या?

मोरङ, जेठ २
मोरङ हसन्दहमा आफ्नै श्रीमतीलाई श्रीमानले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। बिहीबार राति करिब ८ बजे हसन्दह–८ का हिलेटोलका राम चौधरीले श्रीमती विष्णु लिम्बूलाई घाँटी र टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

रामको प्रहारले विष्णुको घटनास्थलमै मृत्यु भएको थियो। श्रीमतीको हत्या गरेर भाग्दै गरेका रामलाई शुक्रबारै प्रहरीले पथरीबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक खगेन्द्र खड्काका अनुसार घरायसी झगडामा रामले खुकुरी प्रहार गरेका थिए।

'घटनास्थिति मुचुल्का हेर्दा एकदमै क्रुर ढंगले हत्या गरेको देखिन्छ,' खड्काले सेतोपाटीलाई भने, 'निकै ठूलो रिस र आवेगमा गरेजस्तो पाइएको छ।' कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय माग गर्दै प्रहरीले मुद्दा अगाडि बढाउने तयारी गरेको छ।

रामलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने खड्काले बताए। मदिरा सेवन गरेका दुबै जनाबीच पटक–पटक पर्ने गरेको विवाद घटनाको कारण थियो। वैदेशिक रोजगारीबाट २० दिनअघि मात्र राम घर फर्केका थिए।

प्रहरीका अनुसार विष्णुको चरित्र ठीक नभएको र आफूले विदेशमा कमाएको पैसा अर्कैसँग लागेर सकेको आरोप रामले लगाउने गरेका थिए। आफ्नो कमाइबारे हिसाब देखाउन विष्णुलाई पटकपटक भन्दा उनले हिसाब दिन नमान्ने गरेको र त्यही निहुँमा झगडा पर्ने गरेको प्रहरीले जनाएको छ।

विष्णु परपुरूलाई घरमा बोलाएर अनैतिक क्रियाकलाप गर्दै आएकी स्थानीयले फेला पारेका थिए। त्यस घटनाबारे रामले केही समयअघि प्रहरीमा उजुरी दिँदा प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको थियो। पछि प्रहरी चौकीमा गएर ५ वर्षकी बालिकाकी आमा आफ्नी श्रीमती स्वीकारेका चौधरीले त्यसपछि पनि विष्णुको क्रियाकलापमा सुधार नआएपछि आवेशमा हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.