Rajesh and Madhu Bhattarai.jpg
नेपाली चलचित्रका नायक राजेश हमाल र उनकी प्रेमिका विहेबारे जानकारी दिन आयोजित एक कार्यक्रममा । फाइल तस्विर : ईकान्तिपुर
उमेरले ५० काटेका दुईजना कलाकारको बिहेको प्रसंगले अहिले नेपाली बजार तातेको छ । मिथिला शर्मा र राजेश हमाल निकै लोकपि्रय कलाकार हन् । त्यसैले यी दुईले विवाह नगर्दा उनका 'फ्यान'हरूलाई किन विवाह गरेनन् भनेर कौतुहलता बढ्नु स्वाभाविकै हो । यद्यपि विवाह गर्दा पनि किन, कसरी र कहिले भन्ने जिज्ञासा लाग्नु पनि स्वाभाविकै हो । आखिर उमेरले ७५ वर्ष पुगेर नातिनातिनीसम्म भैसकेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरासँग ढल्कँदो उमेरमा आएर मिथिला शर्माले किन विवाह गर्न लागिन् ? यसैगरी आफूभन्दा २० वर्ष कान्छी युवतीलाई ५० नाघेका राजेश हमालले किन जीवनसाथी बनाउने निर्णय गरे ? यसबारे उनका 'फ्यान'हरूले अनेक अडकल काट्न थालिसकेका छन् ।
उमेर पुगिसकेका पाका पुरुषहरूले कम उमेरका महिलाहरूलाई विवाह गर्ने परिपाटी सत्ययुगदेखि नै चलिआएको चलन हो । यो चलन अझै समाप्त हुनसकेको छैन । मिथिला शर्मा भर्खरकी कलिली महिला नभई एक हिसाबले उमेर पुगिसकेकी परिपक्व महिला हुन् । तर पूर्वप्रहरी महानिरीक्षक बोहरासँग उनको उमेर दाँज्ने हो भने २५ वर्षले फरक देखिन्छ । त्यस्तै बोहराले पहिलेकी श्रीमतीको मृत्युपछि मात्र मिथिलालाई विवाह गर्न खोजेका हुन् । यसबाट के प्रस्ट हुन्छ भने सत्ययुगदेखि चलिआएको चलन अझै समाप्त हुनसकेको छैन । लोग्नेमानिसहरू वृद्ध भएर पनि घरको रेखदेख गर्ने नाममा अनि श्रीमतीबाट सेवा पाउने लोभमा दोस्रो, तेस्रोसम्मन श्रीमतीको चाहना राख्छन्, अनि सकेसम्म कम उमेरकै कन्या र कुमारी जीवनसंगी रोज्ने गर्छन् । तर उमेरले ३० पुगेकी कन्या महिलाले विवाहको चाहना राख्दा अझै पनि कुमार र भनेको जस्तो वर पाउनु हाम्रो समाजमा मुस्किल
हुन्छ । अझ उमेर पुगेकी विधवा महिलाले विवाह गर्नु भनेको त असम्भवप्रायः छ । तर विदुरले भने आफ्नी श्रीमतीको मृत्यु भएकै एक वर्ष भित्रमा अर्की श्रीमती विवाह गरिहाल्छन् र यसलाई पुरुषप्रधान समाजले सहजै स्वीकार्ने गरेको छ ।
मिथिला र राजेश सिने क्षेत्रका दिग्गज कलाकारहरू हुन् । यी दुबैले नाम र दाम दुबै कमाएका छन् । यतिमात्र नभई रूपका धनी पनि छन् । यी सबै गुण भएका कलाकारले वर र वधु नपाएर विवाह नगरेको भन्दा पनि लगन नजुरेकाले विवाह हुन नसकेको भन्दा न्यायोचित होला ।
यी दुईको बिहेको प्रसंगलाई दुई तरिकाबाट हेर्नु बढी सान्दर्भिक होला । एक, एक्लो जीवन निरस हुने भएकाले ५० वर्षको उमेर भइसकेको भए पनि विवाह गर्ने निर्णय गर्नु निकै राम्रो कुरा हो । मानिसको एक बारको जिन्दगीमा बाँचुन्जेल सुखी भएर बाँच्ने सबैको चाहना हुन्छ नै । आधा जीवन कटाइसकेका यी दुई कलाकारले जीवन भोगाइमा लामो अनुभव सँगालिसकेका छन् । त्यसैले बुढेसकालका अबका बाँकी दिन भयभीत नभई सहजसँग बितोस् भन्ने नै हो । दुई, एक्काइसौं शताव्दीमा आइसक्दा पनि हाम्रो समाज परिवर्तन हुन नसकेको यथार्थ हो । ७५ वर्षे वृद्धले कन्या कुमारी केटी नै रोज्नु अनि ५० वर्ष पुगेको पुरुषले पनि आफूभन्दा २० वर्षे कान्छी युवतीसँग विवाह गर्नु । यस्ाबाट के प्रस्ट हुन्छ भने समाज रूपान्तरण भए पनि मानिसको मानसिकतामा परिवर्तन हुन अझै सकेको छैन । निश्चय पनि एकलो जीवन बिताउन निकै कठिन हुन्छ नै । आफ्नो भावना अभिव्यक्त गर्न बुढेसकालमा एकजना साथी चाहिन्छ ।
हुन त विवाह नितान्त निजी अनि व्यक्तिगत कुरा हो । कहिले, कुन उमेरमा अनि कसरी गर्ने यो सबै व्यक्तिमै निर्भर हुन्छ । तर पछिल्लो समय हाम्रो समाजमा पुरुषले ढिलोमा ३५ वर्ष र महिलाले पनि ढिलोमा ३० वर्षको उमेरसम्ममा विवाह गरिसकेका हन्छन् । नेपालको कानुनले केटीको लागि १८ र केटाको लागि २० वर्षपछि विवाहको लागि उपयुक्त उमेर मानेको छ । मुलुकी ऐनअनुसार अभिभावकको स्वीकृतिमा विवाह गर्न महिला र पुरुष दुबैको उमेर १८ वर्ष तथा अभिभावकको स्वीकृतिविना विवाह गर्न २० वर्ष पुगेको हुनुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य २० देखि ३० वर्षको उमेर विवाहका लागि उपयुक्त ठानेको छ । जनगणना २०६८ अनुसार विवाह गर्न योग्य उमेर भएका ७३ लाख ८३ हजार १ सय ८६ जना अविवाहित छन् । एक अनुमानअनुसार ३५ वर्ष नाघेका एक सय महिलामध्ये झन्डै चार/पाँचजना र एक सय पुरुषमा ३ जनाले विवाह गर्दैनन् ।
नेपालमा विवाहलाई सामाजिक छविसँग पनि जोडेर हेरिने गरिएको छ । विवाह, वंश विकास र निरन्तरताको महत्त्वपूर्ण पाटो हो । एउटा पुस्ताबाट अर्को पुस्तामा जाने प्राकृतिक रूप र जीवनलाई सफलतापूर्वक बिताउने भरपर्दो आधार पनि हो । विवाह सामाजिक र पारिवारिक बन्धन पनि हो भने मनोवैज्ञानिक रूपमा प्राकृतिक र जैविक आवश्यकता । यही प्राकृतिक र जैविक आवश्यकता भएका कारण नै विवाहलाई शारीरिक सम्पर्कसँग जोडेर हेर्ने गरिएको छ । वैदिककाल पूर्व जतिबेला हाम्रो समाज संगठित थिएन, त्यो समयमा उच्छृङखल यौनाचारहरू हुने गर्थे । क्रृषिमुनीहरूले यो उच्छृङखलतालाई समाप्त गर्न विवाह संस्कारको स्थापना गरी समाजलाई संगठित, मर्यादित एवं नियमबद्ध गर्ने प्रयासहरू भएका थिए । परिणामस्वरुप हाम्रो समाज सभ्य र सुसंस्कृत छ । यद्यपि समयको विकासक्रमसँगै विवाहपछि मात्र यौनसम्पर्क राख्नुपर्छ भन्ने मान्यताहरू क्रमशः भत्किँदै गएकाले मानिसहरू विवाहलाई कम महत्त्व दिनथालेका छन्, अनि आफ्नो 'करिअर'प्रति नै सजग रहन थालेका छन् । उमेर रहुन्जेल 'करिअर' अनि उमेर ढल्केपछि के त ? हाम्रोजस्तो परिवार सँगसँगै बस्ने अनि हरेक सुखदुःख हुँदा परिवारले नै साथ दिने यति राम्रो चलनले गर्दा पनि कतिपयले ढल्किँदो उमेरमा पुगेर भए पनि विवाहको महत्त्वलाई बुझी विवाह गर्न तम्तयार
हुन्छन् । अर्को कुरा, हाम्रो समाजमा विवाहअघि महिला र पुरुष सँगै नबस्ने चलनले पनि विवाह गरेपछि सँगै बस्नका लागि बाटो खुल्ने गर्छ । 'लिभिङ टुगेदर'को प्रचलन हाम्रो समाजमा पनि नभएको त होइन, तर समाजले यसलाई राम्रो नमानेका कारण अझै पनि 'लिभिङ टुगेदर' बस्नेहरू पनि बाहिर खुल्न चाहँदैनन् । त्यसैले विवाह गर्नु भनेको महिला र पुरुष सँगै बस्नका लागि ढोका खुल्नु पनि हो ।
पश्चिमा मुलुकहरूमा बिहे गरे पनि नगरे पनि पुरुषसाथी सँगै बस्ने कुरा कुनै ठूलो होइन । कतिपयले त विवाह गर्दैनन्, तर लिभिङ टुगेदर रहेर छोराछोरी पनि जन्माउँछन् । शिक्षा, स्वास्थ्य लगायतका सेवासुविधाहरू निःशुल्क हुने भएकाले पनि छोराछोरी हुर्काउन उनीहरूलाई मुस्किल पर्दैन । त्यसैले एउटामात्र के जीवनमा धेरै जनासँग बिहे पनि गर्छन्, उनीहरू । तर हाम्रो समाजमा यो सब सम्भव छैन ।
बुढ्यौली विवाह !
Powered by Blogger.
0 comments
Write Down Your Responses