शिक्षाका लागि क्रान्ति !

जहाँ जाउ,जता जाउँ जतासुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो….

१९७४ एडी व्याण्डको यो गीतले भने जस्तै नेपालीहरु काम विशेषले भौतिक रुपमा संसारका कुना कुना पुगेका छन् । तर उनीहरु जहाँ पुगे पनि नेपाल र नेपालीप्रतिको उनीहरुको माया भने सदैव रहँदै आएको छ । हुन त जब देश छोडेर कतै गइन्छ,त्यतिखेर मात्र देशको माया कति लाग्दो रहेछ भन्ने थाहा हुन्छ भन्ने भुक्तभोगीहरुको अनुभव छ ।


सन्दर्भ एकजना नेपाली तामाङ युवतीको हो,जो अहिले अध्ययनको सिलसिलामा बेलायतमा छन् । उनी हुन् क्रान्ति योञ्जन । सिन्धुपाल्ञ्चोक स्थायी घर भएकी योञ्जनले २००६ मा आयोजना गरिएको मिस टिन तामाङमा सहभागी भएर फस्ट रनरअपको टाइटल जितेकी थिइन् । त्यसपछि उनले मोडलिङ क्षेत्रमै लागेर केही म्यूजिक भिडियो र कमर्सियल एडहरुमा समेत अभिनय गरिन् । साथ साथमा उनी समाज सेवाका क्षेत्रमा पनि सहभागी हुँदै आइन् । त्यही भएर होला अध्ययनका सिलसिलामा अहिले सात समुद्रापारि वेलायतमा रहे पनि त्यहाँको व्यस्त जीवनशैलीको वावजुद पनि उनले यसबीचमा थुप्रै सामाजिक कोष जुटाउँने थुप्रै कार्यक्रमहरुमा आफूलाई सहभागी गराउँदै आएकी छिन् । त्यसक्रममा उनी अहिले प्रोजेक्ट जागरण शिक्षा नामक अभियानमा जुटेकी छिन् ।

आफ्नो गृह जिल्ला सिन्धुपाल्चोक बरम्ची ४ स्थित श्री सेतीदेवी माध्यमिक विद्यालयका लागि केही कोष जुटाउँने उदेश्यले आयोजना गर्न लागिएको यो कार्यक्रम दुई चरणमा हुने क्रान्तिले बताईन् । यही आउँदो जुलाइ ६ मा हुने कार्यक्रम अन्तर्गतको औपचारिक कार्यक्रम लण्डनस्थित ओल्ड टाउन हल स्ट्राटफोल्डमा हुँदैछ भने त्यसै दिन साँझ छ बजेदेखि राति ११ बजेसम्म युवापुस्ताका सहभागीहरुलाई ध्यानमा राखि प्रोजेक्ट जागरण शिक्षा डान्स पार्टीको आयोजना गरिदैछ । ०१२ ग्रील एण्ड बार रेष्टुरेन्ट स्ट्राटफोर्डमा हुने उक्त डान्स पार्टीमा युवा पुस्ताका दर्शकहरुको उल्लेख्य सहभागीता रहने क्रान्तिको विश्वास छ ।

विशुद्ध समाजसेवाका लागि गरिन लागेको हुनाले यो कार्यक्रममा धेरैको सपोर्ट पाइरहेको छु । त्यसैले कार्यक्रम सफल हुनेमा म विश्वस्त छु–उनले बताइन् । उनकै रमाइलो इन्टर्टेन्टमेन्ट प्रोडक्सनले इभेन्ट व्यवस्थापनको जिम्मा लिएको छ भने यसमा उनलाई तेज लामा बलले पनि साथ दिदै छन् । काभ्रेका तेज पनि विगत केही वर्षदेखि बेलायतमै अध्धयनरत छन् भने उनी राम्रो कोरियाग्राफर समेत हुन् ।

शिक्षाकै लागि यस्तो अभियानमा जुट्नुको कारण बारे क्रान्ति भन्छिन्–’मेरो जिल्ला सिन्धुपाल्चोक भौगोलिक हिसावले राजधानी काठमाडौंबाट नजिक देखिए पनि त्यहाँको विगटता,गरिबी र अशिक्षाको अवस्था निकै नाजुक छ । अझै पनि त्यहाँ छोरा र छोरीबीचको भेदभाव गर्ने प्रवृत्ति कायमै छ । यो सब गरिबीका कारण भइरहेको छ । त्यसैले केही कोष संकलन गरेर त्यहाँका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्कूल पढ्न पठाउँनु मेरो मूख्य उदेश्य हो ।’ उनी थप्छिन्–’हामीले गरेको सहयोगबाट जुन दिन ती विद्यार्थीहरु स्कूल जान थाल्नेछन्,त्यतिखेर हाम्रो प्रयास केही सफल भएको ठान्नेछु ।’

क्रान्तिका वुवा जुद्दबहादुर तामाङ सिन्धुपाल्चोकका पूराना राजनीतिज्ञ हुन् । अहिले पनि उनी आफ्नो जिल्ला र क्षेत्रको विकासका लागि समर्पित समाजसेवीका रुपमा परिचित छन् जिल्लामा । त्यसैले आफ्नै वुवाको पदचिन्ह पछ्याउँदै आफू पनि समाजसेवामै लाग्न चाहेको क्रान्तिले बताइन् । उनी भन्छिन्–’आज म जहाँ छु मेरै वुवाका कारणले छु ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.