यौन दूर्व्यवहारको आरोपमा ३० जना प्रहरी नियन्त्रणमा

रथयात्राको समयमा लुटपाट र यौन दुव्र्यवहारमा संलग्न भएको आरोपमा प्रहरीले ३० जनालाई नियन्त्रणमा लिएको छ । 
सोमबार विराटनगरमा सम्पन्न राधाकृष्ण रथयात्राका क्रममा लुटपाट र दूर्व्यवहारमा संलग्न भएको आरोपमा ३० जना शङकास्पद व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई आज आवश्यक अनुसन्धान गरी अपराधको गाम्भीर्यता हेरेर  कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।हरेक वर्ष ऐतिहासिक रुपमा विराटनगरमा सम्पन्न हुँदै आएको रथयात्रामा सोमबार हजाराैँ भक्तजन सहभागी थिए ।
यसैबीच अन्तर्जातीय विवाह गरेको विषयमा दलित परिवारमाथि जातीय गालीगलौज र कुटपिट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर उपमहानरपालिका–५ गोकुल टोल बस्ने केशव मगरातीको परिवारलाई मध्यराति घरमै पुगेर जातीय गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका भीमप्रसाद  खतिवडा, बाबुराम न्यौपानेसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक ढकालका अनुसार केशव मगरातीका २४ वर्षीय छोरा सुमन मगराती र भीमप्रसादकी २० वर्षीया छोरी उर्मिला खतिवडा गाउँबाट हराएका थिए । सोही विषयलाई लिएर केटी पक्षले सानो जात भएर ठूलो जातकी छोरी बिहे गर्न खोजेको भन्दै मगराती परिवारलाई भदौ १ गते राति  प्रहरीसहित घरमै पुगेर गालीगलौज गर्दै कुटपिट गरेका थिए ।
उमेर पुगेका केटाकेटीहरुले राजीखुसी विवाह गरी अदालतमा नातासमेत कायम गराइसकेपछि केटी पक्षले दलित भएकै कारण आफूहरुलाई कुटपिट गरेको भन्दै जातीय विभेद र कुटपिट अपराधमासोमबार प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
 प्रहरीले घटना मिलापत्र गराउन दबाब दिइरहेको तर आफूहरुले कानुनअनुसार कारबाहीको माग गरेको आफूलाई पीडित बताउने केशव मगरातीले बताए। रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.