दिल्लीमा फेरी अर्को सामुहिक बलात्कार

दिल्लीमा फेरी अर्को सामुहिक बलात्कार भएको छ | आइतवार राती भारतको नयाँ दिल्लीमा २ जना मध्ये एक किशोरीको एउटा फ्ल्याटमा लगेर ३ जनाले सामुहिक बलात्कार गरेको स्थानीय प्रहरीले जनाएको छ | आइतवार साँझ १७ वर्षका २ किशोरीहरु पश्‍िचम दिल्लीको एक राजौरी गार्डेन घुम्न गएका थिए | त्यहाँ उनीहरुको आकाश नामको एक युवक सँग भेट हुन्छ जसले उनीहरुलाई नाइट क्लव लैजान्छ | त्यहाँ उसले उनीहरुलाई नशालु पदार्थ पिलाएर जबरजस्ती गर्न खोज्छ | त्यसै समय आकाशबाट उनिहरुलाई ३ जना अरु युवकहरुले बचाउछन् अनि घर छाड्दिने भन्दै अटोमा राखेर अरुनै ठेगानाको एक फ्ल्याटमा बस्न अनुरोध गर्छन जहाँ ति दुई मध्ये एक किशोरी उनीहरुको शिकार बन्छिन |

स्थानीय प्रहरीका अनुसार ति किशोरी माथि सामुहिक बलात्कार हुँदा उनकी अर्की साथी त्यसै फ्ल्याटको अर्को कोठामा सुति रहेकी थिइन् जसले आफ्नो साथी माथि बलात्कार भएको केहि सुइँको समेत पाउन सकिनन् | पीडितले मंगलवार साँझ प्रहरीमा उजुरी दिएपछि मात्र ति ३ जनालाई पक्राउ गरिएको थियो | पक्राउ पर्नेमा साहिल, विक्‍की र गुलशन उर्फ बाबर नाम रहेका युवाहरु छन् जसको उमेर २० देखि तलमाथि रहेको मानिएको छ |

उनीहरु चारै जनालाई आफुहरुले नचिन्ने बताउने ति किशोरीहरु हाल १० कक्षामा अध्यनरत रहेको स्थानीय एक प्रहरीले बताए | साथै, पक्राउ परेकालाई प्रहरीले आफ्नो हिरासतमा राखेको छ भने ति दुई किशोरीलाई चिकित्सकीय जाँचका लागि सरकारी अस्पतालमा पठाइएको छ | ति किशोरीले आफु नशामा भएको अवस्थामा आफूमाथि बलात्कार भएको हुँदा उनीहरु विरुद्ध केहि प्रतिकार गर्न आफु असमर्थ रहेको पनि स्वीकारेकी छन् |

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.