आफूविरुद्ध फेसबुकमा लेख्नेलाई म कारबाही गर्छु बामदेब
काठमाडौं । गृहमन्त्री वामदेव गौतमले सामाजिक संजालमा आफ्नो विरुद्ध अनगिन्ति कमेन्ट र स्टाटसहरु पोष्ट गरिएको प्रति आपत्ती जनाउँदै फेसबुकमा जथाभावी गर्नेलाई कारबाही गर्ने घुमाउरो चेतावनी दिएका छन् ।
बिहीबार साँझ ५ बजे उनले आफ्नो फेसबुक पेजमा गृहमन्त्रालयाको साइबर क्राइम विरुद्धको सूचना सहित स्टाटस पोष्ट गर्दै फेसबुकलगायतका सामाजिक संजालको दुरुपयोग गर्नेलाई कारबाही गर्ने बताएका हुन् ।
सामाजिक संजालको दुरुपयोग गर्नेलाई अव कारबाही गर्ने भन्दै उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘फेसबुकको सही सदुपयोग गर्नु एकदम राम्रो कुरा हो, कसैलाई केही भनी रहदा उसको मान हानी त भएन भनी सोच्नु पर्छ, अरुको चरित्र हत्या गरेर आफु ठुलो हुने अवस्य हैन, नेपालमा जसरी फेसबुकमा मनपरी गरिन्छ अन्य देशमा यस्तो कमै छ । अझ यूरोप, अमेरिका जस्ता बिकसित मुलुकमा त इन्टरनेट प्रयोगकर्ताको निगरानी गरिन्छ । त्यसरी बेईजति गर्नेमाथि कडा कानुन छ । नेपालमा चाहिँ जसले जे गरिदिएपनि हुने, जे लेखेर बेइज्जति गरेपनि हुने झैं औधी दुरुपयोग हुँदै आएको हो । अब भने यसरी दुरुपयोग गर्नेहरु कारबाहीमा पर्ने भएका छन् ।’
0 comments
Write Down Your Responses