दुई करोड सेक्स अकाउन्ट बन्द
पेइचिंग (एजेन्सी)– चीनको चर्चित सोसल नेटवर्किङ वेभसाइट ‘वी च्याट’ ले देह व्यापारसँग जोडिएको दुई करोड अकाउन्ट बन्द गरेको छ । उक्त वेभसाइट चलाउने समूहले उनीहरुले देह व्यापारसँग सम्बन्धित करिब दुई करोड अकाउन्ट बन्द गरेको बताएको छ । यसका साथसाथै यो समूहले नक्कली सामान बेच्ने तीस हजार अकाउन्ट पनि बन्द गरेको छ । चीनमा विगत केहि महिनादेखि अश्लिलतासहित अन्य साइबर अपराधका विरद्ध उजुरी परिरहेको छ । चीनले हरेक प्रकारको पोर्नलाई बन्द गर्नका लागि लगातार कडा कदम चालिरहेको बुझिएको छ ।
0 comments
Write Down Your Responses