बामदेवलाई गोली हान्नु पर्छ भन्ने अधिकृतका बाबु बल्खु दरवारको शरणमा
१८ जेठ, काठमाण्डौ ।
फेसबुकमा 'गृहमन्त्री बामदेव गौतमलाई गोली हान्नु पर्छ' भन्ने फेसबुक कमेन्ट गरेर पक्राउ परेका सिराहा लाहानका प्रशासकीय अधिकृत राजुप्रासद साहका बाबु छोरालाई माफी दिन आग्रह गर्दै एमाले मुख्यालय बल्खु पुगेका छन् ।
छोरालाई कारवाही हुने देखेर एमाले कार्यकर्ता रहेका राजुका बाबु गेनलालप्रसाद साह विन्तिभाउ गर्दै बल्खु पुगेपनि नेताहरुले उनलाई निराश पारेको बताइएको छ ।
गृहमन्त्री गौतमका स्वकीय सचिवले गेनलालप्रसादलाई छोराले मन्त्रीज्यूविरुद्ध जथाभावी बोलेका कारण कारवाही नरोकिने भन्दै फर्काइदिएका हुन् ।
गृहमन्त्री बामदेव गौतमले सडक नियम पालना नगरी रस्सी नाघेर बाटो काटेको विषयमा नयाँ पत्रिका दैनिकमा छापिएको समाचारमा अधिकृत साहले 'सालेको पिछुवाडाबाट गोली ठोकिदिनुपर्छ' भन्ने कमेन्ट गरेपछि बीरगञ्ज प्रहरीले शनिबार उनलाई नियन्त्रणमा लिएको थियो ।
यद्यपी रमेश खरेल प्रकरणका कारण बदनामी कमाएका गृहमन्त्री गौतमले आफूलाई गोली हान्नु पर्छ भन्ने राजुप्रसाद साहलाई गर्रने भनिएको कारवाहीको विषयलाई लिएर पनि चर्को आलोचना खेप्नु परेको छ ।
0 comments
Write Down Your Responses