अब प्रधानमन्त्री केपी ओली: एमाले नेता
३० जेठ, काठमाडौं ।
नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पशुपति चौलगाईंले केही कारणले प्रधानमन्त्री सुशील कोइरालाले पद छोडेमा एमाले संसदीय दलका नेता केपी ओली प्रधानमन्त्री हुने दावी गरेका छन् ।
चालागाईले कंग्रेस उपसभापति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री बनाइए एमाले सरकारबाट बाहिरिने बताए । राजधानीमा आज सञ्चारकर्मीसंग कुरा गर्दै उनले भने–कोइरालाले पद छाडे स्वत: ओली प्रधानमन्त्री बन्ने हो । चौलागाईले ओली पार्टी अध्यक्ष चाँही बन्न नसक्ने बताए । भिडियो हेर्न तल क्लिक गर्नुहोस्
0 comments
Write Down Your Responses