काठमाडौँ, असार ८– नेकपा (एमाले) को आसन्न नवाँैं महाधिवेशनका लागि मतपरिणाम आउने क्रम जारी छ । आइतबार साँझसम्ममा करिब एक हजार प्रतिनिधिको चयन भएको एमालेले जनाएको छ । अधिकांश जिल्लामा सहमतिका आधारमा प्रतिनिधि चयन भएको थियो भने केहीमा निर्वाचन भएको थियो । कतिपय जिल्लामा आपसी विवाद हुँदा स्थगन भएको छ भने केही जिल्लामा धाँधली भएको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आरोप लगाएको छ । एमालेका केन्द्रीय सचिव शङ्कर पोखरेलले ६० प्रतिशतभन्दा बढी प्रतिनिधि नेता केपी शर्मा ओलीको पक्षमा रहेको दाबी गरे । तर, वरिष्ठ नेता नेपाल समूहका युवा नेता योगेश भट्टाईले आफ्नो समुह अघि रहेको बताउँदै नेपाल अध्यक्ष बन्ने सम्भावना बढेर गएको दाबी गरे । उनले प्रतिनिधिको नतिजाले ओलीले जित्ने सम्भावना समाप्त भएको समेत दाबी गरे । संविधानसभा उपनिर्वाचन भएका काठमाडौँ, चितवन, बर्दिया र कैलाली जिल्लामा भने यही असार १० गते प्रतिनिधि छनोट हुने छ । असार १९देखि २५ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि एक हजार ९०० भन्दा बढी प्रतिनिधि हुनेछन्, त्यसमध्ये करिब एक हजार ५०० प्रतिनिधि मातहतका कमिटी र भातृ संस्थाबाट चयन हुनेछन् । महाधिवेशनको तयारी र प्रतिनिधि चयनबारे सोमबार मूल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने भएको छ
एमाले महाधिवेशन प्रतिनिधिको परिणाम आउने क्रम जारी
Powered by Blogger.
0 comments
Write Down Your Responses