चितवन, असार ८ - चितवनको क्षेत्र नम्बर ४ मा आज भएको उप निर्वाचनमा ७३ दशमलव १ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल मतदाता संख्या ६५ हजार २ सय ९९ रहेको उक्त क्षेत्रमा ४७ हजार ७ सय ३१ मत खसेको हो । जस मध्ये सबै धेरै २६ हजार ५ सय ८७ जना महिलाले मतदान गरेका छन् ।
मतदान गर्ने पुरुषको संख्या २१ हजार १ सय ४४ छ । मतदान शान्तिपूर्ण भएको र मतदानमा प्रयोग गरिएको विद्युतिय मेशिन ल्याउने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले बताए । उनका अनुसार सबै मतदान केन्द्रबाट उपकरण आउनसाथ सर्बदलिय भेला बसी गणनाको काम थालिने छ । ३१ मतदानस्थल र ८१ मतदान केन्द्रमा मतदान भएको हो ।
कैलालीका शान्तिपुर्ण ढंगले निर्वाचन सम्पन्न
मोहन बुढाऐर
धनगढी - कैलालीको क्षेत्र नम्वर ६ मा संबिधान सभा सदस्य पदका लागि आइतवार भएकोको उप निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत यंज्ञराज भट्टका अनुसार करिव ६२ प्रतिशत मतदान भएको छ ।
बिहान पानी परेर लाईनमा बस्दा मतदातालाई केही समस्या भएपनि मतदान प्रकृया सुरु हुने बेला मौसम सफा भईसकेको थियो । बर्षा भएकोले धान रोपाइँले गर्दा मतदान गर्नेको सख्या केही कम भएको निर्वाचन अधिकृत भट्टको भनाई छ ।
मतपेटिका सवै मुख्य निर्वाचनको कार्यालयमा आईपुगेपछि राजनितिक दल संगको छलफल पछि मतगणना आइतवार राति हुने उनले जानकारी दिए । 'बिद्युतिय यन्त्र द्धारा मतदान भएकोले मतगणना प्रकृयामा समय नलग्दैंन,'उनले भने,' आईतवार राति नै मतपरिणाम बाहिर आउने छ ।'
७४ प्रतिशत मत खस्यो
कमल पन्थी
गुलरिया - बर्दिया क्षेत्र नम्बर १ मा रिक्त रहेको संविधानसभा सदस्यको उप निर्वाचनमा मतदान गर्नेको संख्या उल्लेखनिय रुपमा बढेको पाइएको छ । ३७ स्थानमा रहेको ७८ मतदान केन्द्रमा करिब ७४ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत ऋषी अधिकारीले बताए । विहान साढे ५ बजे केही समय पानी परेपछि मतदानमा असर पर्ने चिन्ता थियो । तर पानी रोकिए लगतै मतदाता ७ नबज्दै मतदान केन्द्रमा मत दिन लाइन लागेका थिए । शान्तिपुर्ण रुपमा सम्पन्न निर्वाचनको अघिल्लो दिन शनिवार राती सोरहवा-२ जगतपुरमा एमाओवादी र एमाले कार्यकर्ता बीच झडप भएको थियो ।
चुनाव प्रचारप्रसार गरेको भन्दै दुबै पक्ष बीच भिडन्त हुदा ४ जना एमाले कार्यकर्ता घाईते भएको प्रहरीले जनाएको छ । ५८ हजार ४ सय ४३ मतदाता रहेको क्षेत्र नम्बर १ मा सबै भन्दा बढी महिला मतदाता रहेका थिए । ३० हजार १ सय २९ महिला, २८ हजार ३ सय ११ पुरुष र तीन जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो पटक विद्युतिय मतदान गर्न मतदाता निकै उत्साहित भएका थिए । डेउढाकला-८ की मतदाता थुमे दमईले विद्युतिय मतदान पहिले कस्तो होला भन्ने लागेको र पछि मत हाल्दा सजिलै भएको अनुभव सुनाइन ।
कावा प्रधानमन्त्री वामदेव गौतमले डेउढाकला-९ ककौरा स्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा मतदान गरेका छन् । मतदाता परिचय पत्र नम्बर १४८८ भएको गौतमले आईतवार काठमाण्डौ बाट आएर मतदान गरेका हुन् । उनका साथमा श्रीमति तुलसा थापा पनि थिइन ।दोस्रो संविधान सभामा बर्दिया क्षेत्र नम्बर १ र प्युठान क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि एमालेका उम्मेदवार गौतमले बर्दिया छाडेका थिए । गौतमले संविधान सभाका निर्वाचनमा एमाओवादीका उम्मेदवार भवन कुमार थारुलाई पराजित गरेका थिए । गौतमले १८ हजार ३ सय ४७ मत प्राप्त गरि विजयी भएका थिए ।
उनका प्रतिद्धन्दी थारुले ११ हजार ६ सय २८ मत प्राप्त गरि चित्त बुझाएका थिए । यसपाली संविधान सभाको उप निर्वाचनमा एक स्वतन्त्र सहित १२ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । मतदान सकिएको लगतै मतपत्र सदरमुकाम गुलरियामा ल्याउन लागिएको छ । मतगणना गुलरिया नगरपालिकाको सभाकक्षमा गरिने भएको छ । मतपेटिका आउना साथ सर्वदलिय निर्णय भए मतगणना भई राति नै नतिजा सार्वजनिक हुने प्रमुख निर्वाचन अधिकृत अधिकारीले जनाए ।
चितवनमा ७३, कैलालीमा ६२ र बर्दियामा ७४ प्रतिशत मत खस्यो
Powered by Blogger.
0 comments
Write Down Your Responses