विदेशबाट फर्किएकी महिलासँग घुस लिने कर्मचारीलाई चार महिना कैद
काठमाडौं, जेठ ३० – साउदी अरबबाट फर्किएकी महिलासँग घुस लिने अध्यागमन विभागका चार कर्मचारीलाई विशेष अदालतले चार महिना कैद सजाय सुनाएको छ । साउदी अरबबाट फर्किएकी भोजपुर घर भएकी महिलासँग घुस लिने अध्यागमन विभागका तत्कालीन अधिकृत रामप्रसाद कोइरालासहितका तीन कर्मचारीलाई चार महिना कैद सजाय सुनाएको हो । उनीहरुसँग ५९ हजार ७ सय रुपैयाँ जरिवाना पनि माग गरिएको छ ।
अध्यायमनका कर्मचारीले उनीसँग रहेको ८ हजार ५ सय साउदी रियल घुस लिएका थिए । रकम लुटेपछि भोजपुर जाने बस चढाइदिन्छु भन्दै प्रहरी जावान बस्नेतले नयाँ बसपार्क पुर्याएर बलात्कार गरेका थिए । राईलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका प्रहरी जवान पर्शुराम बस्नेतलाई पनि जेल सजाय सुनाइएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
0 comments
Write Down Your Responses