नायिका निशा भन्छिन्-’केटाहरु पाकेको मेवा जस्ता’

nisha adhikari
केटा र निशा अधिकारी प्रायः गसिपको विषय बन्ने गरेका छन् । क्रिकेटर शरद भेषवाकरसँगको उनको पछिल्लो सम्बन्ध बिक्ने मसला भैदिएको छ । तर, उनै निशाले केटाहरुलाई पाकेको मेवासँग तुलना गरेकी छन् । बाहिर राम्रो तर भित्र कुहिएको ।
 रिलिज हुने ‘मेरो भ्यालेन्टाइन’मा निशाको यो डायलगले धेरै केटाहरुलाई एकपटक सोच्न बाध्य पारिदिने आशा गरिएको छ । फिल्म संवादमा निशा भन्छिन् –सबै केटाहरु पसलमा बेच्न राखिएको पाकेको मेवाजस्तै हुन् जो बाहिर राम्रो त देखिन्छन् तर भित्र कुहिएको ।’
एक सिचुएसनमा निशाको यस्तो डायलगले रियल लाइफका केटाहरुको मन पनि चसक्क छुनसक्छ । रियल लाइफमा केटाहरुप्रति निशाको पर्सेप्सन यस्तै हो वा भिन्न उनी आफैले जानून तर, फिल्मभित्र रहेको उनको बोल्ड क्यारेक्टरले भने केटाहरुलाई पानी पानी बनाउने निश्चित छ ।
निशाले केटाहरुलाई यस्तो किन भनिन्, यो थाहा पाउन त फिल्म नै हेर्नुपर्छ । आखिर मायानगरीमा बिक्ने त निशा नै हून ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.