असार ११ गते
नायिका नम्रता श्रेष्ठ यतिबेला निक्कै खुशी छिन् । कारण, उनले अभिनय गरेको चलिचत्र ‘ताण्डव’ले चर्चा पाउ“दैछ । ‘नोभेम्बर रेन’ चलेपनि क्रेडिट नपाएकी यी सुन्दर हिरोइनले अन्य सफल सिनेमा दिन सकेकी छैनन् । हालै मात्र चलचित्र ‘ताण्डव’ हेरेकी नम्रता यसपछि निक्कै खुशी छिन् ।
उनले चलचित्रबाट दर्शकलाई निराश हुन नदिने बताइन् । मोहन डोटेलको निर्माणमा तयार भएको चलचित्रलाई वेलायती निर्देशक मुर्रे केरेले निर्देशन गरेका हुन् । चलचित्रले ड्रक्स, डन र प्रेमको कथा बोल्छ ।
सम्पादन लगतै ‘ताण्डव’ हेरेकी नम्रता अहिले निक्कै खुशी छिन् । उनले सिनेमा राम्रो बनेको भन्दै आफ्नो करिअरका लागि कोशेढुंगा हुने तर्क गरिन् । नम्रताको कुराले निर्माता डोटेल पनि दंग परेका छन् । चाडै नै प्रदर्शन मिति तय हुने सिनेमाले व्यवसायिक रुपमा तहल्का मच्चाउने विश्वास निर्माणपक्षले गरेको छ । सिने नगरीमा पनि यतिबेला ‘ताण्डव’ चर्चाले घेरिएको छ । ‘ताण्डव’ सिनेमास“गै लाहुरे र नम्रताको प्रेम चर्चाले पनि सिने बजारलाई गर्माइरहेको छ । चलचित्रमा नम्रता ‘कल गर्ल’को भूमिकामा देखिएकी छिन् ।
लाहुरेसंगको रोमान्सले रोमाञ्चित नम्रता
Powered by Blogger.
0 comments
Write Down Your Responses