हार्यो इटली, इङ्ल्याण्ड समूह चरणबाटै बाहिर कोष्टारिका अन्तिम १६ मा
७ आसर, काठमाडौं । इटलीलाई पराजित गर्दै कोष्टारिकाले विश्वकप फुटबलको नकआउट चरणमा स्थान पक्का गरेको छ । तर, इटलीको हारले इङ्ल्याण्ड भने ब्राजिल-विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
अघिल्लो चरण पुग्ने इङ्ल्याण्डको सबै अपेक्षा इटली र कोष्टारिकाको खेलमा भर थियो । अघिल्लो चरण पुग्ने सम्भावना कायमै राख्ने उसले शुक्रबार राति भएको खेलमा इटलीको जितको कामना गरेको थियो ।
तर, खेल कोष्टारिकाले १-० जित्यो र विना खेल इङ्ल्याण्ड विश्वकपबाट बाहिरियो । यति मात्र होइन पूर्व च्याम्पियन इटली र उरुग्वे माध्ये एक टोलीले पनि विश्वकप यात्रा समूह चरणमा सिमित रहने भएको छ ।
अब समूह डीबाट अन्तिम १६ मा पुग्ने टोलीको टुंगो इटली र उरुग्वेबीचको खेलबाट हुनेछ ।
खेलमा अन्डरगडको छवि बनाएको कोष्टारिकाले सुरुबाटै इटलीमाथि दबाव बनाएको थियो । इटलीका अनुभवी खेलाडीहरुका अगाडि तिव्र गतिका कोष्टारिकाका युवा खेलाडीहरु हावी भए । ४४ औं मिनेटमा ब्रायन रुइसले गोल गरे । उनको गोलको निर्णय गोललाइन प्रविधीबाट गरिएको थियो ।
दोस्रो हाफमा इटलीले गोल गर्न केही मौका पाएको थियो तर, सदुपयोग गर्न सकेन ।
0 comments
Write Down Your Responses