पूर्व प्रेमीलाई ७७,००० पटक फोन गरेका कारण जेल चलान

             telephone set     मेक्सिको सिटी (एजेन्सी)– सम्बन्ध सिद्धिसकेपछि पनि यदि तपाईं आफ्नो पूर्व प्रेमी अथवा प्रमिकालाई मेसेज पठाउने, भ्वाइस मेल र इमेल पठाउने गर्नुभएको छ भने सावधान हुनुहोस् । मेक्सिकोमा बस्ने २८ वर्षीया लिन्डा मर्फीलाई पुलिसले पक्राउ गरेको छ । सम्बन्ध खत्तम भइसकेपछि पनि लिण्डाले आफ्नो प्रेमीलाई एक हप्तामा ७७ हजार पटक फोन गरेकी छिन् । यति मात्र होइन लिण्डाले ४१,२२९ टेक्स्ट मेसेज, १,९३७ इमेल र ६४७ वटा चिट्ठी र २१७ वटा भ्वाइस मेसेज पठाएकी छिन् । आफ्नो पूर्व प्रमिलाई आवश्यकताभन्दा बढि फोन, मेसेज र इमेल गरेर उनको जिन्दगी तनावपूर्ण बनाएको अभियोगमा पुलिसले लिण्डालाई पक्राउ गरेको हो । एक दिनमा लिण्डाले तीन भिन्न नम्बरको प्रयोग गर्ने गरेको पुलिसले बताएको छ । सबैभन्दा अचम्मको कुरा के छ भने लिण्डा र उनका प्रेमीको सम्बन्ध मात्र तीन हप्ताको मात्र थियो ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.